सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशभित्रै रोजगारीको अवसर सिर्जना गर्छौ : श्रममन्त्री श्रेष्ठ


  •    न्युजभित्तो/२४ आश्विन २०७८, आईतवार १४:०० 
  • काठमाडौँ, २४ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताउनुभएको छ ।

    शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घले आज दसँैंका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रोजगारी गुमाएकाको पुनःस्थापना अहिलेको चुनौती रहेकाले  सबै क्षेत्रसँग समन्वय गरेर रोजगारीका अवसर सिर्जना गर्दै आत्मस्वाभिमानका साथ काम गर्ने वातावरण तयार पारिने बताउनुभयो ।

    कोभिड–१९ महामारीले उद्योग धरासायी भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “श्रमिकहरुले रोजगारी गुमाएका छन्, पछिल्लो तथ्याङ्क अनुसार १५ लाखले रोजगारी गुमाएका छन्, त्यसमध्ये पनि ५३ प्रतिशत अनौपचारिक क्षेत्रमा काम गर्नेछन् ।” उहाँले रोजगारउन्मुख सीपमूलक एवं व्यावसायिक तालिम, नीति, ट्रेड युनियनसम्बन्धी एकीकृत कानून र नियमन, बालश्रम निवारणसम्बन्धी नीति तथा कानून निर्माणका लागि ठोस योजना बनाइने बताउनुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले उद्योगमैत्री नीति निर्माणका लागि सरकार प्रतिबद्ध रहेको जनाउनुभयो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले कोरोना महामारीका कारण उद्योग क्षेत्र धरासायी भएकाले सरकारले उद्योग क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.