सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘पर्यटन विकासका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक’


  •    न्युजभित्तो/२४ आश्विन २०७८, आईतवार १३:१२ 
  • पोखरा, २४ असोज । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले दसँै, तिहार तथा छठका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बरालले पर्यटन आर्थिक समृद्धिको आधार भएकाले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन विकासमा जुट्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

    उहाँले कोभिड– १९ को महामारीले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन पोखराको हिमा गृह, रत्न मन्दिरलगायत नयाँ पर्यटकीय गन्तव्य खुलाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पश्चात पर्यटकका लागि सुरक्षित गन्तव्यमा पु¥याउन फाष्ट ट्र्याकको आवश्यकता आंैल्याउँदै यसमा ध्यान दिने बताउनुभयो ।

    पर्यटनलाई निर्वाहमुखी र तटस्थतावादी सोचबाटमाथि उठाउन जरुरी रहेका औल्याउँदै सुखी नेपाली समृद्ध नेपालको अभियानलाई सफल पार्न निजी क्षेत्र र सरकारबीच छलफल गरेर कार्ययोजना तय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    उहाँले महामारीको सामना गरिरहेका व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट आवश्यक सहयोग नभएको गुनासोलाई सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले लेकसाइड पर्यटनको मुटु भएकाले यसलाई जोगाउनुपर्ने आवश्यता रहेको जनाउँदै पर्यटन मैत्री वातावरणका लागि तीनै तहको सरकारले ध्यान दिन जरुरी रहेको आंैल्याउनुभयो ।

    परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइले पोेखराको पर्यटन चलायमान बनाउन सरकारले विशेष प्याकेजसहित कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । उहाँले पर्यटन आर्थिक समृद्धिको आधार भनेर भनिरहँदा पर्यटन क्षेत्रमा लगानी गर्न सरकारले चासो नदिएको बताउनुभयो ।

    कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष, पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गोकर्ण कार्की, परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठ, सचिव तारानाथ पहारी लगायतले पर्यटन पुनरुत्थानको आवश्यता सम्बन्धी धारणा राख्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.