सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागमती प्रदेश सभाको बैठक आज बस्दै


  •    न्युजभित्तो/२४ आश्विन २०७८, आईतवार १२:०० 
  •  हेटौंडा,२४ असोज । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बागमती प्रदेश सभाको नवौं अधिवेशन अन्तर्गत आज अपराह्न ३ बजे प्रदेश सभाको बैठक बस्न लागेको हो ।

    यही अधिवेशनमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनेछिन् । एमाले विभाजन भएसँगै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमालेका विभाजनपछि १३ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि शाक्यले विश्वासको मत लिन लागेकी हुन् ।

    प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले आजै ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिले नै आजको कार्यसूची टुंगो लगाउने बताए ।

    शाक्यले असोज २४ गतेका लागि प्रदेश सभा आह्वान गरेर विश्वासको मत लिने प्रस्ताव राख्ने र २५ गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरे पनि एकिन भने नभएको एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

    भोटिङमा तत्काल जानैपर्ने विपक्षको जोड

    मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको छ र त्यो तत्काल भोटिङमा लैजानुपर्ने विपक्षी गठबन्धनको जोड छ ।

    नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री युवराज दुलाल ९शरद०ले भने, ‘संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले आज वा भोलि विश्वासको मत लिनैपर्छ । तर सत्ता पक्ष प्रक्रिया सुरु भयो भनेर ढाँट्ने र अझै पनि अनैतिक ढंगले बसिरहने षडयन्त्रमा लागेको छ । हाम्रो गठबन्धनको जोड चाहिँ संवैधानिक व्यवस्था अनुसार विश्वासको मत छिनोफानो गर्न भोटिङमै जानैपर्छ भन्ने छ ।’

    बागमती प्रदेश सभाका कूल १०९ सांसदमध्ये एमालेका ४३, कांग्रेसका २२, माओवादीका २३, समाजवादीका १३, विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाका २ र स्वतन्त्र सांसद एक जना छन् ।

    विश्वासको मत पाउन शाक्यलाई ५७ मत आवश्यक पर्छ । गठबन्धनमा रहेका दलहरुको बहुमत रहेका कारण शाक्यले विश्वासको मत पाउने सम्भावना न्यून छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.