सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रहरी हिरासतमा एक युवाले गरे आत्महत्या, स्थानीयद्वारा प्रदर्शन


  •    न्युजभित्तो/२४ आश्विन २०७८, आईतवार ११:४९ 
  • काठमाडौँ,२४ असोज । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासत एक युवकले आत्महत्या गरेका छन् । केही दिन अगाडि पक्राउ परेका नरसिंह गाउँपालिका–५ का हकिव मियाँले प्रहरी कार्यालयभित्रको हिरासतमा पासो लगाएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

    इनरुवा–९ बबियामा एक केटीसँग प्रेममा परेर फरार भएका हकिवलाई केही दिन अगाडि मात्र पक्राउ गरिएको थियो । पक्राउ परेका हकिवले पासो लगाएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।

    प्रहरीले हत्या गरेको आफन्तले आरोप लगाएका छन् । हिरासतभित्र केही सामग्री छिर्न नदिने गरेकाले कसरी हकिवले हिरासतभित्र पासो लगाएर आत्महत्या गरेको भन्दै आफन्तको आरोप छ ।

    यसैबीच आक्रोशित स्थानीयवासीले इनरुवा बजारमा विरोध प्रदर्शन गरेका छन् । आक्रोशित स्थानीयवासीले इनरुवा बजार बन्द गराउनुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि टाइर बालेर प्रदर्शन गरिरहेका छन् । स्थानीयवासीले प्रहरीको सवारीमाथिसमेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भीड नियन्त्रण गर्न केही राउण्ड अश्रुग्याससमेत फायर गरिएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.