चितवनमा पछिल्लो २४ घण्टामा ५७ जना संक्रमणमुक्त.थपिए ३४ संक्रमित
न्युजभित्तो/२३ आश्विन २०७८, शनिबार १६:४५
चितवन, २३ असोज । चितवनमा शनिबार ३४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार २४२ जनाको पिसिआर गर्दा ३४ जनामा संक्रमण भेटिएको हो । पछिल्लो २४ घण्टामा ५७ जना संक्रमणमुक्त भए ।
पछिल्लो २४ घण्टामा एक संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गिताञ्जली ढकालले बताइन् । शनिबार सक्रिय संक्रमितको संख्या ३८४ मा झरेको छ । शुक्रबार सक्रिय संक्रमित ४०८ जना थिए ।
हाल सक्रिय संक्रमितमध्ये भरतपुर महानगरमा ३०१, रत्ननगरमा २६, माडीमा २४, कालिकामा १३, खैरहनीमा १०, राप्तीमा ७ र इच्छाकामनामा ३ जना रहेका छन् ।
अस्पतालमा ५६ संक्रमित
जिल्लाका विभिन्न अस्पतालमा गरी शनिबार ५६ जना संक्रमित उपचाररत छन् । अस्पतालमा पछिल्लो २४ घण्टामा दुई संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जसमा चितवन र गोर्खाका एकरएक जना संक्रमित रहेका छन् ।