सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरालाई हराउँदै चितवन बन्यो ईपीएल च्याम्पियन


  •    न्युजभित्तो/२३ आश्विन २०७८, शनिबार १६:२४ 
  • काठमाडौं, २३ असोज । भीम सार्कीको अर्धशतक प्रेरित चितवन टाइगर्स पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल) को च्याम्पियन बनेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रनको योगफल तयार गरेको थियो ।

    दोस्रो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको चितवनले १५.५ ओभरमा ६ विकेट गुमाएर १ सय १२ रनको लक्ष्य पूरा गर्यो । चितवनका लागि भीम सार्कीले अर्धशतकीय इनिङ खेले ।

    चितवनका लागि ४१ बलको सामना गरेका भीमले ७ चौका र २ छक्कासहित ६३ रनको शानदार इनिङ खेले । यस्तै, दिलिप नाथले १८, राजेश पुलामीले १४ तथा मोहम्मद शहजादले ११ रन जोडे । बलिङतर्फ पोखराका लागि किशोर महतोले ३.५ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । यस्तै नन्दन यादवले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्दो पाएको पोखराले १७।५ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रनको योगफल तयार गरेको थियो ।

    पोखराका लागि ओपनरद्वय रिचार्ड लेभी र विपिन रावलले २१ बलमा ३७ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए । तर, त्यसपछि लागार विकेट गुमाएको पोखराका लागि माथिल्लो अर्डरका ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । लेभी १५ बल खेलेका ५ चौकासहित २६ तथा विपिनले १५ बलमा १ चौका र १ छक्कासहित १७ रन जोडेका थिए । त्यसपछि रित गौतम र सहान अराचिगे ७र७ बल खेलेर २र२ रनमा पेभेलियन फर्केका थिए ।

    यस्तै, असेल गुणारत्ने २४ बलमा ३४ रन खेलेर पेभेलियन फर्किँदा कप्तान विनोद भण्डारीले २६ बलमा २ चौकासहित २२ रन बनाए । अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा पोखरा १ सय ११ रनमा प्याक भयो । चितवनका लागि कमलसिंह ऐरीले ३.५ ओभरमा २० रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै करिम जनत र सेकुगे प्रसन्नाले २–२ तथा कप्तान सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।

    चौथो संस्करणको च्याम्पियन बनेको चितवनले ५० लाखसहित सुन्दर ट्रफी हात पारेको छ । यस्तै, उपविजेताले १५ लाख रूपैयाँ पाउने छन् । नेपाली क्रिकेटमा कुनै पनि प्रतियोगिताको विजेताले पाएको यो अहिलेसम्मकै ठूलो राशी हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.