सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दसैँका लागि तनहुँमा रु तीन करोडको खसीबोका बिक्री


  •    न्युजभित्तो/२३ आश्विन २०७८, शनिबार १५:४९ 
  • दमौली, २३ असोज । दसैँका लागि तनहुँबाट करिब रु तीन करोड मूल्य बराबरको खसीबोका बिक्री भएको छ ।

    जिल्लाका विभिन्न सहकारीमार्फत् दुई हप्ताको अवधिमा रु दुई करोड ८२ लाख ३६ हजार ७९१ मूल्य बराबरको खसीबोका बिक्री भएका हुन् ।

    हेफर नेपालको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँले सञ्चालन गरेको ‘पशुबस्तुको मूल्यशृङ्खलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना’अन्तर्गत १० वटा सहकारीले उक्त मूल्य बराबरको खसीबोका बिक्री गरेका हुन् । तनहुँका आठ र लमजुङका दुई गरी १० सहकारीमा आबद्ध कृषकले सहकारीको बजारीकरण कार्यक्रमबाट खसीबोका बिक्री गरेका छन् ।

    दुई हप्ताको अवधिमा एक हजार ८१७ खसी बिक्री भएका छन् । ती सहकारीले रु दुई करोड ७९ लाख ८९ हजार २४५ मा कृषकसँग खसीबोका खरिद गरी रु दुई करोड ८२ लाख ३६ हजार ७९१ मा बिक्री गरेका छन् ।

    घिरिङ गाउँपालिका–२ भोरकोटस्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु २० लाख ६५ हजार चार सय ५९ को खसी बिक्री गरेको अध्यक्ष शारदा आलेले जानकारी दिनुभयो । सहकारीमार्फत् १५२ खसी बिक्री भएका छन् । घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङस्थित भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु ४३ लाख ९५ हजार ३०० को खसी बिक्री भएको छ । सहकारीका अध्यक्ष नानुमाया गैह्रेले ३०९ वटा खसी बिक्री भएको जानकारी दिनुभयो ।

    घिरिङ गाउँपालिका–४ माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत रु ५० लाख ३९ हजार ६२४ को खसी बिक्री भएको अध्यक्ष सङ्गीता रानाले बताउनुभयो । उक्त सहकारीमार्फत ३७२ खसी बिक्री भएको छ । भिमाद नगरपालिका–२ स्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमार्फत रु आठ लाख ७९ हजार ३९० को खसी बिक्री भएको छ । उक्त सहकारीमार्फत ५६ खसी बिक्री भएको अध्यक्ष सीताकुमारी तिमिल्सिनाले बताउनुभयो । भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु ६३ लाख एक हजार ६४९ को खसी बिक्री भएको अध्यक्ष देवी मुक्तान आलेले बताउनुभयो । सहकारीमार्फत ३२५ खसी बिक्री भएको छ ।

    शुक्लागण्डकी नगरपालिका–१ स्थित दिदीबहिनी कृषि सहकारी संस्थामार्फत रु पाँच लाख चार हजार ४९५ को खसी बिक्री भएको छ । उक्त सहकारीमार्फत ३६ खसी बिक्री भएको अध्यक्ष नेत्रकुमारी वंशीले बताउनुभयो । व्यास नगरपालिका–८ स्थित शुभदीप सामाजिक उद्यमी महिला सहकारीमार्फत रु २२ लाख ९४ हजार १४६ को खसी बिक्री भएको छ । सहकारीका व्यवस्थापक संगीता पौडेलले सहकारीमार्फत १४५ खसी बिक्री भएको जानकारी दिनुभयो । व्यास नगरपालिका–१२ स्थित आधारशीला सामाजिक महिला उद्यमी सहकारीमार्फत रु सात लाख ५८ हजार २१० को खसी बिक्री भएको छ । सहकारी व्यवस्थापक नवीन सुर्खालीका अनुसार सहकारीबाट ५० वटा खसी बिक्री भएको छ ।

    सप्तधारा सामाजिक उद्यमी महिला सहकारीमार्फत रु ३७ लाख ४२ हजार २९० को खसी बिक्री भएको छ । सहकारीका व्यवस्थापक सरिता थापाका अनुसार सहकारीबाट २४० खसी बिक्री भएको छ । सुन्दरबजार नगरपालिका–१ स्थित भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फत रु २२ लाख ५५ हजार ५९८ को खसी बिक्री भएको छ । उक्त सहकारीबाट १३२ खसी बिक्री भएको अध्यक्ष निर्मला कोइरालाले जानकारी दिनुभयो ।

    सहकारीले बजारीकरणमा सहयोग पु¥याएपछि बाख्रापालक कृषक पनि खुसी भएका छन् । बाख्रापालनबाट घरखर्च चलाउँदै कृषकलाई गाउँघरमै खसी बिक्री गर्ने व्यवस्था भएपछि सहज पनि भएको छ ।

    हेफर इन्टरनेशनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको साझेदारीमा ‘पशुवस्तुको मूल्यशृङ्खलामा आधारित साना किसानको सस्था सवलीकरण परियोजना’ मार्फत् गठन भएका सहकारीले गाउँमै खसी बिक्रीको व्यवस्था मिलाएर कृषकलाई सहयोग पु¥याइरहेको ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो । “दसैँतिहारलगायत अन्य बेला पनि गाउँबाटै खसी बिक्री गर्ने व्यवस्था मिलाइएको छ”, पौडेलले भन्नुभयो, “यसले गर्दा कृषकलाई बजारको खोजी गर्दै हिँड्नुपर्ने बाध्यता हटेको छ ।”

    बजारको समस्या नभएपछि गाउँमा बाख्रापालन गर्ने कृषकको सङ्ख्या बढेको र बाख्रापालनबाटै कृषक आत्मनिर्भर बन्न सफल भएको भिमाद नगरपालिका–९ का बाख्रापालक कृषक शिवकुमार आलेले जानकारी दिनुभयो ।

    बाख्रापालक कृषकले पशु आहारा व्यवस्थापनका लागि उन्नत जातका घाँस नर्सरी स्थापना गरेका छन् । बाख्रालाई खुवाउनका लागि सहकारी संस्थाले नै सुधारिएको दाना उत्पादन गरेर सदस्यलाई बिक्री गर्ने व्यवस्था मिलाएको छ भने सुक्ष्म पोषकतत्वका लागि खनिज ढिक्काको व्यवस्था पनि सहकारीले नै मिलाउने गरेको छ ।

    हेफरको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्रले सञ्चालन गरेको परियोजनामा चार हजारभन्दा बढी कृषक आबद्ध छन् । परियोजनामार्फत बाख्रापालक कृषकलाई पशु स्वास्थ्य शिविर, घाँसको बीउ बेर्ना वितरण, तालीम र बजारीकरणमा सहयोग पु¥याउँदै आएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.