सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ईपीएलमा पाेखरा राइनोजले चितवनलाई दियो ११२ रनकाे लक्ष्य


  •    न्युजभित्तो/२३ आश्विन २०७८, शनिबार १५:११ 
  • काठमाडौं,२३ असोज । एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनलमा पोखरा राइनोजले जितका लागि चितवन टाइगर्सलाई ११२ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७।५ ओभरमा सबै जिकेट गुमाएर १११ रनमा अलआउट भयो ।

    पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । रिचर्ड लेभीले २६ र कप्तान विनोद भण्डारीले २२ रन बनाए । विपिन रावलले १७ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    पोखराले ओपनिङ जोडीमा परिवर्तन गर्दै रिचर्ड लेभसंग विपिन रावललाई खेलाएको थियो । यी दुईले पोखरालाई राम्रो सुरुवात दिलाउने संकेत गरेका थिए । तर पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेपछि लेभी आउट भए ।

    चौथो ओभरको तेस्रो बलमा रिचर्ड लेभी १५ बलमा ५ छक्का प्रहार गर्दै २६ रन बनाएर आउट भए । करिम जन्नतको बलमा दिलिप नाथले लेभीलाई क्याच गरे ।

    ऋत गौतम पाँचौ ओभरको पाँचौ बलमा २ रन बनाएर आउट भए । ऋतलाई कमल सिंह ऐरीले हासिम अन्सारीबाट क्याचआउट गराए ।

    छैटौं ओभरको अन्तिम बलमा सोमपालले साहान अराचचिगेलाई शाहब आलमबाट क्याचआउट गराएपछि पोखराले पावर प्लेमै ३ विकेट गुमाएर ४३ रन बनाएको थियो ।

    नवौं ओभरको तेस्रो बलमा विपिन रावनल १७ रन बनाएर आउट भएपछि पोखराले ५९ रनमा चौथो विकेट गुमायो ।

    सागर ढकालले शाहब आलमबाट विपिनलाई क्याचआउट गराए ।

    त्यसपछि असेला गुनारत्ने र कप्तान विनोद भण्डारीले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर असेला २४ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३४ रन बनाएर १४ औं ओभरमा आउट भए । असेलालाई सेकुगे प्रसन्नले दिलिप नाथबाट क्याचआउट गराए ।

    १५ औं ओभरमा पोखराले २ विकेट गुमायो । चितवनका कमल सिंह ऐरीले एकै ओभरमा विवेक यादव र लोकेश बमलाई आउट गरेपछि पोखराले १५ ओभरमा १०१ रन बनाउँदा ७ विकेट गुमायो । यस सिजन उत्कृष्ट खेलिरहेका विवेक ४ रन बनाएर आउट भए र लाकेशले खाता समेत खोल्न सकेनन् ।

    कप्तान विनोद भण्डारीले एक छेउबाट ईनिङ्स सम्हाल्ने प्रयास गरेपनि अर्को छेउबाट विकेट गुमाउँदा पोखरा कम स्कोरमा रोकियो ।

    लगत्तै अर्को ओभरमा विक्रम सोब पनि १ रन बनाएर आउट भए । उनलाई सेकसगे प्रसन्नले बोल्ड गरे । त्यसपछि नन्दन यादव खाता नखोली करिम जन्नतको बलमा एलबीडब्लु भए ।

    अन्तिम विकेटको रुपमा कप्तान विनोद २६ बल खेल्दै २२ रन बनाएर १८ औं ओभरमा आउट भए । चितवनका लागि बलिङमा कमल सिंह ऐरीले ३.५ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए ।

    यस्तै करिम जन्नत र सेकुगे प्रसन्नले २-२ विकेट लिए । कप्तान सोमपाल कामी र सागर ढकालले समान विकेट लिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.