सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय होः रक्षामन्त्री डा रिजाल


  •    न्युजभित्तो/२३ आश्विन २०७८, शनिबार १४:४८ 
  • विराटनगर, २३ असोज । रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय भएको बताउनुभएको छ ।

    विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा विगतमा मैले पनि काम गरिसकेको हुँदा राष्ट्रिय सुरक्षा नीति राष्ट्रको हितमा रहन्छ भन्नुभयो ।

    मन्त्री डा रिजालले नेपाली सेनाको सम्मान र मर्यादा विश्वसामु उच्च रहेको बताउँदै राष्ट्रिय विपत्तिमा नेपाली सेनाले अग्रभागमा रहेर उच्चकोटीको काम गरेको जानकारी दिनुभयो । नेपाली सेनाको कामबाट विश्वसमुदाय सन्तुष्ट रहेको उल्लेख गर्दै उहाँले नेपाली सेनाको गौरव बढाउन सरकार कहिले पनि पछि नपर्ने दृढता व्यक्त गर्नुभयो ।

    मन्त्री डा रिजालले नेपालको संविधानले वाक र प्रेस स्वतन्त्रता दिएकाले कसले के कुरा गर्छ र लेख्छभन्दा पनि सरकार भर्खरै विस्तार भएको छ र यसले आफ्ना काममा गति लिन्छ भन्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.