सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राईनो क्लब नारायणगढ द्धारा आयोजित ५ किलो मिटर दौडमा नेपाल प्रहरीका योगी प्रथम


  •    न्युजभित्तो/२३ आश्विन २०७८, शनिबार १२:३८ 
  • चितवन २३ असोज । बिजय दशमीको उपलक्ष्यमा राईनो क्लब नारायणगढ द्धाराआयोजित ५ किलो मिटर दौड प्रतियोगितामा नेपाल प्रहरीका सन्तोषनाथ योगी प्रथम भएका छन् ।

    उनले १५ मिनेट २४ सेकेण्डमा पाच किलो मिटरको दुर पार गरी प्रथम भएका हुन । प्रतियोगितामा दोश्रो नेपाल आर्मी कालि बहादुर गण भरतपुरका अमृत गुरुङ तेस्रो कालिका नगर पालिका पदमपुरका अमृत बोट चौथो भरतपुरमहागर पालिका १ रामनगरका सुबिर थापा र पाचौ भरतपुर महानगर पालिका बसेनीका कुशल गुरुङ भएका छन् ।

    उनीहरुले क्रमश १६ मिनेट १० : १६ मिनेट १३ : १६ मिनेट २६ र १६ मिनेट ३८ मा पार गरेका थिए । बिजयी खेलाडीहरुले १० हजार ७ हजार ४ हजार २ हजार र १ हजार पुरस्कार प्राप्त गरेका छन् । स्वास्थ्यको लागि खेलकुद भन्ने उद्देश्यले आयोजना गरीएको प्रतियोगितामा नेपाल पुलिस नेपाल आर्मी लगाएतका ३५ जना खेलाडिहरुको सहभागिता रहेको थियो ।

    देबघाट तर्फको जलमापन केन्द बाट शुरु भएको दौड नारायणगढको दियालो रोडको गेटमा सम्म भएको थियो । बिजयी खेलाडीहरु लाई भरतपुर महानगर पालिका वडा नम्बर १ का वडा अध्यक्ष जयराम श्रेष्ठले पुरस्कार र प्रमाण पत्र बितरण गर्नु भएको थियो ।

    उक्त अबसरमा श्रेष्ठले कोभिड पछी शुन्य रहेको खुल क्षेत्रमा प्रतियोगिताले केही भए पनि खेल गति बिधिमा टेवा पुगेको बताउनु भयो । राईनो क्लब नारायणगढका अध्यक्ष भरतकुमार श्रेष्ठको सभापतित्वामा भएको थियो भने प्रतियोगिताको सयोजक महेन्द्र वाग्ले रहनु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.