सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय जनगणनामा तीन हजार परिवार बढे


  •    न्युजभित्तो/२३ आश्विन २०७८, शनिबार १२:१९ 
  • काठमाडौं, २३ असोज । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्र्तगत जिल्लामा घर तथा घरपरिवार सूचीकरणमा तीन हजार बढी परिवार थपिएका छन् ।

    पहिलो चरणको प्रारम्भिक प्रतिवेदनअनुसार ४८ हजार ८६७ घरधुरी अनलाइनमा दर्ता भएका जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।

    विसं २०६८ को जनगणनामा यहाँ ४५ हजार परिवार थियो । उहाँले भन्नुभयो,“पहिलो चरणको प्रारम्भिक रिपोर्टअनुसार तीन हजार ८६७ परिवार थपिएका छन्, केही ठाउँको तथ्याङ्क अनलाइनमा समावेश गर्न बाँकी रहेकाले यो सङ्ख्या अझै बढ्न सक्छ ।”

    केन्द्रीय तथ्याङ्क विभागले जिल्लामा ५० हजार परिवार रहेको हुनसक्ने अनुमान गरेको र त्यसैको हाराहारीमा परिवार सङ्ख्या पुग्ने जिल्ला जनगणना कार्यालयले जनाएको छ ।

    भदौ ३० गतेदेखि असोज १८ सम्म सञ्चालन भएको जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षकहरु खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो । जिल्लामा घरपरिवार सूचीकरणका लागि ८० सुपरीवेक्षक परिचालित थिए ।

    मूल जनगणना कार्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । यसका लागि ३१५ गणक खटाइने तयारी भएको छ । विसं २०६८ को जनगणनाअनुसार जिल्लाकोे जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेकामा ४५ हजार परिवार सङख्या पुगेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.