सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ताइवानलाई चीनको चेतावनी- इतिहास भुलेर मातृभूमि टुक्र्याउन खोज्नेको दु:खद अन्त्य हुनेछ


  •    न्युजभित्तो/२३ आश्विन २०७८, शनिबार ११:३९ 
  • काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवान र चीनलाई शान्तिपूर्ण तरिकाले पुनस्एकीकरण गर्ने प्रतिज्ञा गरेका छन् । शनिबार बेइजिङमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिज्ञा गरेका हुन् ।

    राजतन्त्र अन्त्य भएको ११० औं वार्षिकोत्सवमा अवसरमा बेइजिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नै सीले ताइवानसँग शान्तिपूर्ण माध्यममार्फत् पुनस्एकीकरणको मार्ग पछ्याउने बताएका हुन् ।

    चीनको पुनस्एकीकरणका लागि सबैभन्दा ठूलो अवरोध स्वतन्त्र ताइवानको माग गर्ने शक्ति भएको पनि उनको भनाइ थियो । ‘आफ्नो इतिहास र मातृभूमि भुलेर मुलुक टुक्र्याउन खोज्नेहरुको दुस्खद अन्त्य हुनेछ’ स्वतन्त्र ताइवान बनाउन चाहने शक्तिप्रति संकेत गर्दे सीले भने ।

    राष्ट्रपतिले सीले हङहङमा लागू गरिएको एक मुलुक दुई प्रणालीअन्तर्गत ताइवानसँग शान्तिपूर्ण पुनरएकीकरण गर्न चाहेको पनि बताए । तर उक्त प्रणालीलाई ताइवानले विरोध गर्दै आएको छ ।

    सीले ताइवानी मुद्दा चीनको आन्तरिक मामिला भएको र ‘बाह्य हस्तक्षेप’ अस्वीकार्य हुने पनि प्रस्ट पारे । ताइवानसँग सैन्य तनाव बढिरहेका बेला उनको यस्तो प्रतिक्रिया आएको हो ।

    ‘राष्ट्रिय स्वाधीनता र अखण्डता रक्षा गर्ने चिनियाँहरुको संकल्पलाई कसैले पनि अवमूल्यन गर्न हुँदैन’, सीले भने, ‘चीनको पुनरएकीकरण गर्ने कार्यले पूर्णता पाउनुपर्छ र कुनै पनि हालतमा यो कार्य गरिने छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.