सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कांग्रेससँग गठबन्धन भएर निर्वाचन हुन्छ : प्रचण्ड


  •    न्युजभित्तो/२३ आश्विन २०७८, शनिबार ११:०९ 
  • चितवन, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा चितवनमा गठबन्धन हुने बताउनुभएको छ । आज शनिबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले चितवन जस्ता जिल्लामा समझदारीका साथ गठबन्धन बनाएर निर्वाचनमा जाने बताउनु भएको हो ।

    नेकपा एमालेका नेता रामबहादुर थापा बादलले प्रचण्डसँग चुनाव लड्ने कुरा गर्नुभएको छ नि भन्ने प्रश्नमा दाहालले भन्नुभयो “म तल्लोस्तरको विषयमा टिप्पणी गर्नै चाहन्न ।” नेपाली कांग्रेस अब चितवनमा गठबन्धनमा नजाने भन्ने कुरा छ नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो “गठबन्धन बनाएर नलड्ने स्वतन्त्रता सबैलाई छ । मलाई लाग्छ गठबन्धन हामीले जुन परिस्थितिमा बनायौं यो गठबन्धनलाई यहाँसम्म ल्यायौं। गठबन्धन भएर जान्छ । चितवन जस्तो जिल्लामा अझ बढी हामी समझदारीका साथ जान्छौं, मलाई विश्वास छ ।”

    उहाँले राष्ट्रिय सहमति र परिमार्जन बिना एमसिसी पास नहुने बताउनुभयो । उहाँले राष्ट्रिय सहमति र परिमार्जन बिना एमसिसि पास हुनै नसक्ने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “राष्ट्रिय सहमति, परिमार्जन बिना एमसिसि पारित हुन सक्दैन ।”

    मन्त्रीमण्डल विस्तारमा न्यायलयलाई भागवण्डा गरियो भन्ने गलत भएको उहाँको भर्नाइ छ । गजेन्द्र हमाललाई कांग्रेसको कोटाबाट मन्त्री बनाईएको उहाँको भनाई छ । उहाँले यो विषयमा होहल्ला गर्नु आवश्यक नरहेको बताउँदै अगाडि भन्नुभयो “कांग्रेसको आफ्नै मान्छे हो, आफ्नै कोटामा ल्याईसकेपछि यता हो र त्यता हो भन्नुको कुनै तुक छैन ।”

    सांसद नभएको व्यक्तिलाई मन्त्री बनाउन मिल्ने व्यवस्था संविधानमै भएको बताउनुहुँदै उहाँले अगाडि थप्नुभयो “सांसद नभएका व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउने व्यवस्था संविधानमै छ ।” यसभन्दा अगाडि पनि सांसद नभएका व्यक्तिलाई मन्त्री बनाईने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यो नयाँ कुरा होइन ।” पहिलो पटक प्रतिनिधिसभाको विघटन हुँदा सेटिङसेटिङ भन्ने चर्चा हुने गरेकोले मानिसहरुलाई त्यही भन्न मन लागेर भनेको उहाँको भनाई छ ।

    नेकपा एमालेले संसद अवरुद्ध गरिरहेको प्रसंदमा दाहालले संसद अवरुद्ध गर्ने नैति र राजनीतिक अधिकार प्रतिपक्षलाई नरहेको बताउनुभयो । दाहालले भन्नुभयो “पटक पटक संसद विघटन गर्नेलाई बरु संसद छोडेर जनतामा गए भयो, संसद चलाउन हामीलाई छाडिदिए भयो ।” संसद अवरोधमा कुनै तर्क, तथ्य नभएको भन्दै उहाँले भन्नुभयो “न कुनै नियम कानुन अनुकूल छ, उहाँहरुले देखाउनका लागि मात्रै, संसद विघटनलाई जायय पुष्टि गर्न मात्रै अवरोध गर्नुभएको छ ।”

    नेकपा (एस) सँग अहिले पार्टी एकीकरणबारे नसोचेको बताउँदै उहाँले गठबन्धनलाई बलियो बनाउने र चुनावी तालमेल गर्नेसम्म आफूहरु राम्रैसँग अगाडि बढेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.