सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत चार खण्डको निर्माण सम्पन्नः स्थानीयवासी उत्साहित


  •    न्युजभित्तो/२२ आश्विन २०७८, शुक्रबार १३:०१ 
  • म्याग्दी, २२ असोज । उत्तर÷दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको चार वटा खण्डको निर्माण सम्पन्न भएको छ ।

    चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने यस आयोजनाको ११ मध्ये हालसम्म चार वटा खण्डको स्तरोन्नति सम्पन्न भएको हो । सो आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७३÷७४ देखि सुरु भएको छ ।

    आयोजनाका निमित्त प्रमुख आश्विनीकुमार यादवका अनुसार चार वटा खण्ड भएको ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको ६५ र सात वटा खण्ड भएको ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको ८५ प्रतिशत निर्माण सकिएको छ । “जोमसोम–कोरला सडकको सातमध्ये चार वटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका छन्”, उहाँले भन्नुभयो, “बाँकी तीन वटा खण्डको काम अन्तिम चरणमा पुगेको छ ।”

    दिवा–रौताह–एपेक्स जेभीले ठेक्का लिएको लोमान्थाङ गाउँपालिका–१ छोसेरदेखि कोरला नाकाको २४ नम्बर पिलरसम्मको १६ किलोमिटर सडक विसं २०७५ मा ११ मिटर फराकिलो, नाली, गयावियन पर्खाल, मेशिनरी पर्खाल निर्माण र ग्राभेल गरिएको थियो । भेना–घिलिङ, जोमसोम–कागबेनी–ताङ्वे र ताङ्वे–चैले खण्डको सडक पनि स्तरोन्नति गर्ने काम सकिएको आयोजनाले जनाएको छ । रु छ अर्ब लागत अनुमान गरिएको आयोजनामा आर्थिक वर्ष २०७७÷७८ सम्ममा रु पाँच अर्ब १३ करोड ४८ लाख खर्च भइसकेको छ ।

    सडक निर्माण र मोटरेबल पुल निर्माणका लागि आयोजनामार्फत आर्थिक वर्ष २०७३÷०७४ मा रु ४६ करोड २० लाख, २०७४÷७५ मा रु एक अर्ब ५२ करोड ५२ लाख, २०७५÷७६ मा रु एक अर्ब ३१ करोड, २०७६÷७७ मा रु ९० करोड २५ लाख र आव २०७७÷७८ मा रु एक अर्ब २४ करोडमा ९३ करोड ५० लाख बजेट खर्च भएको आयोजनाले जनाएको छ । पछिल्लो आव २०७७÷७८ मा सडक स्तरोन्नतितर्फ रु ८१ करोड ३२ लाख र पुल निर्माणतर्फ रु १२ करोड ८७ लाख खर्च भएको थियो । यस सडकको विभिन्न ठाउँमा करिब २० वटा मोटरेबल पुल निर्माणाधीन छन् ।

    आयोजनाअन्तर्गत म्याग्दीको गलेश्वर–नारच्याङ पुल (१९ किलोमिटर), मुस्ताङको कोबाङ–जोमसोम (१९ किलोमिटर) र चराङ–छोसेर खण्ड (२५ किलोमिटर) दूरीको सडकको भौतिक प्रगति कम देखिएको छ । कोबाङ–जोमसोम सडक कालोपत्र र चराङ–छोसेर खण्डको सडक ग्राभेल गर्न कोशी एण्ड न्यौपाने जेभीले ठेक्का लिएको थियो । शर्मा–युनाइटेड जेभीले ठेक्का लिएको गलेश्वर–नारच्याङ पुल खण्डमध्ये गलेश्वरदेखि बेगखोला सम्मको करिब छ किलोमिटर सडक कालोपत्र शुरु भएको छ । शर्मा–गजुरमुखीले ठेक्का लिएको मुस्ताङको थासाङ गाउँपालिकाको खन्तीदेखि कैकुखोलासम्मको १६.५ किलोमिटर सडक कालोपत्र शुरु गरिएको छ । बर्खाका कारण रोकिएको सडक कालोपत्रलाई दसँैलगत्तै पूर्णता दिने निर्माण कम्पनीले जनाएका छन् ।

    प्रवेश बिन्दुमा पर्ने बेनी नगरपालिका–९ गलेश्वरमा करिब एक किलोमिटर र चौथो नम्बर प्याकेजमा पर्ने कोवाङदेखि जोमसोमसम्मको १८ किलोमिटर सडक पनि कालोपत्र गर्न लागिएको आयोजनाका इञ्जिनीयर आशिष मानन्धरले बताउनुभयो ।

    “बेनी घाँसा खण्डको दुई प्याकेजमा डिबिएसडी र घाँसा जोमसोम खण्डको दुई प्याकेजमा असपाल्ट प्रविधिको कालोपत्र हुँदैछ”, उहाँले भन्नुभयो, “११ मिटर फराकिलो बनाइएको सडकको सातदेखि आठ मिटर चौडाइमा कालोपत्र हुन्छ ।” बेनीदेखि जोमसोमसम्म दुई लेन कालोपत्र र जोमसोमदेखि कोरलासम्म ११ मिटर फराकिलो ग्राभेल सडक बनाउन सञ्चालित यो आयोजना राष्ट्रिय गौरवको हो ।

    यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ को रपमा लिने गरिन्छ । यो आयोजनाले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मीक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने बताइएको छ । कोरला नाकासम्म सहज रुपमा सडक सुबिधा प्राप्त भएमा नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तिर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीहरुमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको छ ।

    “सडक सुविधायुक्त र सहज हुने हो भने पर्यटक आगमन बढ्छ, कोरला नाका सञ्चालन गर्न दवाव पुग्छ, स्थानीयवासी भन्छन्, “सडकको स्तरोन्नति र कालोपत्र हुन थालेपछि हामी उत्साहित भएका छौ ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.