सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आठयुवाद्वारा मर्दी हिमालको आरोहण


  •    न्युजभित्तो/२२ आश्विन २०७८, शुक्रबार ११:५२ 
  • कास्की, २२ असोज । कास्कीको माछापुच्छ«े गाउँपालिका–१ का आठ युवाले पाँच हजार ५८७ मिटरको मर्दी हिमाल एकैसाथ सफल आरोहण गरेका छन् । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको सो हिमाल पदयात्रासँगै हिमाल आरोहणको प्रवद्र्धनका लागि पर्यटन क्षेत्रमा क्रियाशील उनीहरुले हिमाल चढेका हुन् ।

    यही असोज १२ गते अग्रज पर्यटन व्यवसायी रामप्रसाद गुरुङको नेतृत्वमा मर्दी हिमाल आरोहणका लागि प्रस्थान गरेको २६ सदस्यीय टोलीमध्येका आठ जनाले असोज १७ गते बिहान ९ः३० बजे सफलतापूर्वक हिमाल आरोहण गरी फर्किएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो । आरोहण टोलीमा सरोजकुमार गुरुङ, सञ्जय थापा, नारायण गुरुङ, सुदीप तामाङ, विनोद पुन, विशाल मगर, ईश्वर परियार र अमृत पुन रहनुभएको छ ।

    उहाँहरुलाई आरोहण प्रशिक्षकद्वय मनमान गुरुङ र कुमार खड्काले हिमाल सहयोगमा प्रशिक्षण दिनुभएको बताइएको छ । त्यसैगरी आरोहणका लागि चाहिने सामग्री लगायतको सबै खर्च अग्रज व्यवसायी गुरुङले व्यवस्थापन गर्नुभएको थियो । आरोहणको नेतृत्व गरेर ७५ वर्षीय गुरुङ आफँै हाइक्याम्पसम्म पुग्नुभएको बताइन्छ । ग्रेट माछापुच्छ«े ट्रेल ९जिएमटी०का उपाध्यक्षसमेत रहनुभएका आरोही सरोज गुरुङले पदयात्रा पर्यटकको रोजाइमा परेको माछापुच्छ«े ट्रेल आउने पर्यटकलाई हिमाल आरोहणसँग जोड्नका लागि आफूहरुले प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत हिमाल आरोहण गरेको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “मर्दी पदयात्रा लागि हामीले एक वर्षदेखि ग्रेट माछापुच्छ«े ट्रेलको प्रवद्र्धन गरिरहेका छौँ । यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई हिमाल आरोहणमा आकर्षित गर्ने उद्देश्यले हामी आफैँले हिमाल चढेर सुरुआत गरेका छौँ ।” ग्रेट माछापुच्छ«े ट्रेल माछापुच्छ«ेको टुसेबाट सुरु हुन्छ । मर्दी आरोहणका लागि सबैभन्दा सजिलो बाटो ग्रेट माछापुच्छ«े ट्रेल रहेको गुरुङले बताउनुभयो । केही साहसिक पर्यटकले यसअघि नै मर्दीको सफल आरोहण गर्दै आएका छन् ।

    मर्दी पदयात्रा हात्र होइन, साहसिक पर्यटकलाई हिमाल आरोहण गराएर पर्यटकको बसाइँ लम्ब्याउनु आवश्यक रहेकामा जिएमटीले जोड दिएको छ । पर्यटकको सहजताका लागि हिले र खुमइमा तीन÷तीनवटा होटल बनेका छन् । क्रोचोङमा भने विवादका कारण बन्न नसकेको बताइन्छ ।

    हिमाल आरोहण गरेर आएको टोलीलाई बिहीबार साँझ गाउँमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो । युवा क्लब, आमा समूह, नौमति बाजा समूह, माछापुच्छ«े अग्र्यानिक होमस्टे तथा स्थानीयवासीले फूलमालाले आरोहीलाई सम्मान गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष गुरुङले ग्रेट माछापुच्छ«े ट्रेलको प्रवद्र्धनका लागि र पर्यटन पूर्वाधारका लागि गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । यस ट्रेलको बढीभन्दा बढी प्रवद्र्धन गर्न सके पर्यटकको रोजाइमा पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रेट माछापुच्छ«े ट्रेलबाटै पर्यटकले पदयात्रा पर्यटनको सबैभन्दा बढी आनन्द लिन सक्छन् । यस क्षेत्रमा आवश्यक पर्यटकीय पूर्वाधारका लागि गाउँपालिकाले सहयोग गर्दछ ।”

    मर्दी ट्रेकका लागि धेरै बाटोहरु छन् । पोखराबाट धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको अष्ट्रेलियन क्याम्प, पोथना देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, हाइक्याम्प हुँदै चार हजार ५०० मिटर उचाइमा अवस्थित मर्दी हिमालको आधार शिविरसम्म पुग्ने बाटो बढी प्रचलित छ । यसैगरी पोखराबाट जीपमा माछापुच्छ«े गाउँपालिकाको सिदिङसम्म पुगेर त्यहाँबाट समेत मर्दी हिमाल पुग्न सकिन्छ । पछिल्लो समय ग्रेट माछापुच्छ«े ट्रेलका नाममा माछापुच्छ«ेको टुसेबाट यसको प्रवद्र्धन सुरुआत गरिएको छ ।

    एउटै यात्राबाट मर्दी हिमालसहित कुमारी माछापुच्छ«े, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर मिल्ने भएकाले मर्दी पदयात्रामा बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढ्ने गरेको छ । कोरोनाका कारणले दुई वर्षदेखि बाह्य पर्यटक ठप्प रहे पनि आन्तरिक पर्यटक भने बर्सेनि बढेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.