सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भीमदत्त नगरपालिकामा मेट्रिक घर नम्बर प्रणाली कार्यान्वयन


  •    न्युजभित्तो/२२ आश्विन २०७८, शुक्रबार ११:०२ 
  • कञ्चनपुर, २२ असोज । भीमदत्त नगरपालिकामा मेट्रिक घर नम्बर प्रणाली कार्यान्वयनमा ल्याइएको छ । नगरपालिकाको वडा नं १ देखि मेट्रिक प्रणालीअन्तर्गत घर नम्बर राख्न सुरु गरिएको हो ।

    नगरपालिका क्षेत्रमा रहेका घरको पहिचान सहजै गर्न मेट्रिक विधिमा आधारित रहेर घर नम्बर राख्न सुरु गरिएको छ । सडकका चोक, सार्वजनिक स्थानलगायत निश्चित घरको दूरीका आधारमा घरको ठेगाना पत्ता लगाउने विधि नै मेट्रिक घर नम्बर प्रणाली भएको नगरप्रमुख सुरेन्द्र विष्टले बताउनुभयो ।

    मेट्रिक घर नम्बर प्रणालीअन्तर्गत घर नम्बर राख्ने कार्यको सुरुआत गरिएको जनाउँदै उहाँले घर पत्ता लगाउने कार्यसँगै नगरवासीका समस्या पहिचान गर्नमा समेत यस कार्यले सघाउ पु¥याउने बताउनुभयो । “मूल सडक, चौराह, दोबाटोदेखि मिटरका हिसाबले घरमा नम्बरिङ गरिनेछ”, उहाँले भन्नुभयो, “सेवा सुविधा प्रदान गर्न, समस्या पत्ता लगाउन र घर खोज्न यस कार्यले सघाउ पु¥याउँछ ।” यस कार्यले सुझाव सङ्कलन एवं अन्य विविध क्षेत्रका कामकाज गर्न पनि सहज हुने उहाँको भनाइ छ ।

    मूल सडकबाट घरसम्मको दूरीलाई आधार मानेर घरको नम्बर, टोल र बाटाको नाम उल्लेख गरी घरघरमा नम्बरप्लेट राख्ने कार्य भइरहेको छ । नगरपालिकाका १९ वटै वडामा मेट्रिक घर नम्बर प्रणालीअन्तर्गत घर नम्बरसहितको प्लेट राख्ने कार्य गरिने छ । सो नगरपालिकालाई स्मार्ट सिटीका रूपमा विकसित गर्नसमेत यस प्रणालीले सघाउ पु¥याउने बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.