सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस बाजुराको सभापतिमा रावल विजयी


  •    न्युजभित्तो/२२ आश्विन २०७८, शुक्रबार १०:५७ 
  • मार्तडी, २२ असोज । नेपाली कांग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनबाट सभापतिका उम्मेदवार रामसिंह रावल विजयी हुनुभएको छ । रावल ६०५ मत ल्याएर सभापतिमा विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी कविराज पण्डितभन्दा ३९ मतान्तरले रावल विजयी हुनुभएका निर्वाचन समितिले घोषणा गरेको हो ।

    उपसभापतिमा पदम बडुवाल ७४८ र नारायण पाध्याय ७५६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताउनुभयो । उहाँका अनुसार सचिवमा तिलकराज पुरी ५६५, भरतबहादुर रोकाया ५१४, सहसचिवमा कृष्णराज पाध्याय ४६६, सुरेन्द्रबादुर सिंह ३८० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनुभयो । पहिलो चरणको निर्वाचनमा तीन जना उम्मेदवारले कूल खसेको एक हजार २०५ मतको ५१ प्रतिशत नल्याउँदा बिहीबार दोस्रो चरणको मतदान गरिएको थियो ।

    पहिलो चरणमा पण्डित, चक्रबहादुर शाह र रावलले सभापतिमा उम्मेदवारी दिनुभएको थियो । उहाँहरुले खसेको मतको ५१ प्रतिशत नल्याउँदा बिहीबार पुनः मतदान गरिएको थियो । सभापतिका उम्मेदवार शाहको समूहले रावललाई समर्थन गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.