सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरालाई भैरहवाको १२० रनको लक्ष्य


  •    न्युजभित्तो/२१ आश्विन २०७८, बिहीबार १५:०४ 
  • काठमाडौं, २१ असोज । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ अन्तर्गत दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सले पोखरा राईनोजलाई १२० रनको लक्ष्य दिएको छ ।

    टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमन ६ विकेट गुमाएर ११९ रन बनाएको हो।

    भैरहवाको लागि कप्तान शरद भेषावकरले सर्वाधिक ३२ रन बनाए । शरदले ३३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । यस्तै आरिफ शेखले २४ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा २७ रन जोडे।

    ५१-५ को अवस्थामा रहेको बेला आरिफ शेखले कप्तान शरद भेषावकरसँग छैटौं विकेटका लागि ४१ रनको साझेलारी गरेका थिए । यस सिजन पहिलो पटक ओपनिङ गरेका राहित पौडेलले १८, प्रदिप ऐरीले ११ र उपुल थरंगाले १० रन बनाए ।

    बलिङमा पोखराका किशोर महतो र साहान अराचचिगेले २-२ विकेट लिए । साहानले ४ ओभरमा १५ रन खर्चिए भने किशोरले ४ ओभरमा १ मेडन राख्दै २१ रन खर्चिए । नन्दन यादव र असेला गुनारत्नेले समान १ विकेट लिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.