सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतको कश्मीरमा विद्यालयभित्रै प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या


  •    न्युजभित्तो/२१ आश्विन २०७८, बिहीबार १४:३८ 
  • काठमाडौं,२१ असोज । भारत प्रशासित कश्मीरमा एक विद्यालयमा प्रधानाध्यापक र अर्का एक शिक्षकको हत्या भएको छ । बिहीबार एक व्यक्तिले सरकारी विद्यालयका प्रधानाध्यापक र अर्का एक शिक्षकको गोली हानी हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि मंगलबार पनि श्रीनगरमा तीन जनाको हत्या भएको थियो ।

    गोली लागेका दुवै शिक्षकलाई अस्पताल लगिएपनि चिकित्सकहरुले उनीहरुलाई मृत घोषित गरेका थिए । जम्मु कश्मीर प्रहरीले भने यसलाई आतंकवादी आक्रमण भएको बताएको छ । जम्मु कश्मीर प्रहरीका डीजीपी दिलबाग सिंहले पछिल्ला केही घटना आम नागरिकलाई लक्षित गरी भइरहेको र मानिसहरुमा डर उत्पन्न गर्ने प्रयास भएको बताएका छन् । उनले यस्ता घटनाहरु पाकिस्तानको एजेन्सीहरुको निर्देशनमा भइरहेको उनको बुझाइ छ ।

    पछिल्लो एक सातामा श्रीनगरमा विभिन्न आक्रमणमा परी सात जनाको मृत्यु भइसकेको छ । यससँगै श्रीनगरको प्रहरीलाई हाई अलर्टमा राखिएको छ भने ठाउँठाउँमा मानिसहरुको चेकिङ बढाइएको छ ।

    प्रहरी स्रोतका अनुसार श्रीनगरमा आक्रमणको सूचना पहिला नै आएको थियो र त्यसको तयारी पनि गरिएको थियो । प्रहरीका अनुसार यस वर्ष मात्र विभिन्न घटनामा ३० जनाको मृत्यु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.