सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डीभी भर्दा यी पाँच कुरा ध्यान दिनुहोस्


  •    न्युजभित्तो/२१ आश्विन २०७८, बिहीबार १४:३१ 
  • काठमाडौँ,२१ असोज । अमेरिकाले सन् २०२३ का लागि ईडिभी चिट्ठा खुला गरेको छ । अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार बुधबार बेलुका ९:४५ देखि डिभी चिट्ठा खुला भएको हो ।

    डिभी भर्न ‘अमेरिकी स्टेट गभर्मेन्ट’को साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिन्छ । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ।

    डिभी २०२३ का विजेताहरूले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्ने छन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ ।

    ध्यान दिनुपर्ने खास पाँच कुरा

    – डीभी भर्न योग्य हुन शैक्षिक योग्यता १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव अनिवार्य छ ।

    – ६ महिनाभन्दा पुरानो फोटो डीभी भर्दा प्रयोग नगर्नुहोला । पूरानै फोटो प्रयोग गर्दा डीभीका लागि अयोग्य हुने सम्भावना रहन्छ । आफ्ना विवरण र कागजात जाँचबुझ गरेर अपलोड गर्नुहोस् । नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु सही भर्नुहोस् ।

    (डीभी भर्दा विवाहितले दम्पती र सन्तान भए फारम भर्दै विवरण राख्नुहोस् । अन्यथा पछि झन्झट हुन सक्छ ।

    – आधिकारिक वेवसाइटबाटमात्र डीभी भर्नुहोस् । अक्टोबर ६ पछि अमेरिकी सरकारको आधिकारिक वेवसाइटमा डीभी भर्ने लिंक उपलब्ध भइसकेको छ ।

    – पटक पटक आवेदन भर्ने भूल नगर्नुहोस् । यसअतिरिक्त डीभी लोटरी आवेदनमा पासपोर्ट अनिवार्य गरिएकाले पासपोर्ट बनाउनु भएको छैन भने पासपोर्ट बनाइहाल्नुहोस् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.