सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पासाङल्हामु राजमार्गमा जोखिम बढ्योः जनमानसमा त्रास


  •    न्युजभित्तो/२१ आश्विन २०७८, बिहीबार १३:०४ 
  • रसुवा, २१ असोज । ठूलोे ढुङ्गा लच्किएका कारण उत्तरी रसुवास्थित याङयाङ खोलाको पासाङल्हामु राजमार्गमा जोखिम बढ्दै गएको छ ।

    कुनातर्फ रहेको एक विशाल ढुङ्गाले माटो भागसमेत केही मात्रामा छोडी राजमार्ग सतह तर्फ दब्बिन थालेका कारण जोखिम बढेको हो । सदरमुकाम धुञ्चेबाट करिब १३ किलोमिटर उत्तरमा अवस्थित उक्त याङयाङ खोलाबाट मालबाहकलगायत दैनिक दर्जनांै सवारीसाधन ओेहरदोहर गर्दै आएको छ । ढुङ्गा लड्ने सम्भावना बढ्दै गएकाले मानवीय क्षति हुन्छ की भन्ने जनमानसमा त्राससमेत बढ्न थालेको छ ।

    गोसाइँकुण्ड गाउँपालिका–५ मा पर्ने सो स्थानमा पुग्नासाथ ढुङ्गा पल्टिन्छकी भन्ने डरले मोटरको गतिलाई तीव्ररूपमा अगाडि बढाउने गरेको र आफूले रसुवागढीदेखि काठमाडौँसम्म नियमित सवारीसाधन चलाइरहेको चालक सुरेश श्रेष्ठले बताउनुभयो । आफूले सवारीसाधन गुढाइ ओहोरदोहर गर्दा ढुङ्गाको अवस्था हेर्ने गरेको र १०÷१५ दिनको अवधिमा झण्डै एक मिटर लच्किन गई ढुङ्गा बसेको सतह भागमा चिराचिरा भइसकेको चालक श्रेष्ठले जानकारी दिनुभयो ।

    नेपाल चीन बीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने प्रमुख मार्गमा बढेको जोखिम न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले गृह मन्त्रालयमा पत्राचार गरिसकेको छ । राजमार्गको जोखिम व्यवस्थापन गरी जटिल समस्या समाधान गर्न गृह मन्त्रालयमार्फत भूगर्भविद्ले छिट्टृै अध्ययन गर्नेमा आफू आशावादी रहेको रसुवाका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले बताउनुभयो ।

    सो ढुङ्गा कुनबेला पल्टिन्छ भन्ने ठेगान छैन । ढङ्गा पल्टिँदा मानवीय क्षति हुन सक्छ भनेर आम नागरिकमा त्रास देखिएको छ । भिरालो भूभागको राजमार्गमा क्षति भएमा मालबाहक सवारीसाधन रोकिन गई भन्सार शुल्कबाट प्राप्त हुने नियमित राजस्व असूली कार्यमा समेत प्रवाभित हुने देखिएको भन्सार कार्यालयले जनाएको छ ।

    ढुङ्गा भन्दा करिब पाँच सय मिटरको उत्तरतर्फ विसं २०६० देखि भूमिगत रूपले सञ्चालित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र रहेको छ । ढुङ्गा झरेर भोटेकोशी थुनिएमा चिलिमे विद्युत् केन्द्रले निकास लिइरहेको पानी प्रवाहमा असर पु¥याउन सक्ने भएकाले सो ढुङ्गालाई समयमै व्यवस्थापन गर्न जरूरी रहेको विद्युत् क्षेत्रसँग सम्बन्धित प्राविधिकले जनाएका छन् ।

    नेपाल–चीन बीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने मुख्य अन्तर्राष्ट्रिय राजमार्गको समस्या छिटोभन्दा छिटो समाधान गरिदिन नेपाली कांग्रेस रसुवाका सभापति पेम्वाछिरिङ तामाङले आग्रह गर्नुभएको छ । सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीका अनुसार सो ढुङ्गाको नियमित अध्ययन गर्न एक प्राविधिक स्याफ्रुबेँसीमा तैनाथ गरिएको र सडक सुधार आयोजनाको क्षेत्रभित्र पर्ने भएकाले कून तरिकाले फुटाउने भन्ने विषयमा प्राविधिक अध्ययन समेत भइरहेको छ ।

    गल्छीदेखि मैलुङहुँदै स्याफ्रुबेँसीसम्मको सडक राजमार्ग सुधार एवं व्यवस्थापन कार्य अगाडि बढेता पनि गत असार १ गतेको भारी वर्षाले ठाउँ–ठाउँमा भिषण पहिरो गई जोखिम बढेपछि असारबाटै निर्माणका सबै गतिविधि रोकिएकाले याङयाङ खोलाको काम अगाडि बाँकी रहेको बताइएको छ ।

    सो स्थानमा कार्य सुरू गर्नु पूर्व नै प्राकृतिकरूपले ढुङ्गा लच्किएपछि आफू गम्भीर रहेको बताउँदै प्रमुख भण्डारीले भन्नुभयो, “दसैँ लगत्तै सडकका प्राविधिक याङयाङ खोला केन्द्रित रहने छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.