सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागमती प्रदेशमा सवारीसाधनको भाडा बढ्यो, काठमाडौं उपत्यकामा न्यूनतम १८ रुपैयाँ


  •    न्युजभित्तो/२१ आश्विन २०७८, बिहीबार १२:०६ 
  • काठमाडौं,२१ असोज । बागमती प्रदेश सरकारले सार्वजनिक गाडीको भाडा २३ प्रतिशतले बढाएको छ ।

    काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनको न्यूनतम भाडा १८ रुपैयाँ कायम भएको छ । तर ट्याक्सीको भाडा भने बढाइएको छैन ।

    यातायात व्यवसायीले यो भाडा वृद्धि कम भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले सरकारले भाडा दर संशोधन नगरे आफैं भाडा बढाएर लागू गर्ने चेतावनी दिएका छन् ।

    कति बढ्यो ?

    सार्वजनिक गाडीको भाडा बढाउन माग गर्दै यसअघि यातायात व्यवसायीले प्रदर्शन गरेका थिए । उनीहरुले दशैंको मुखैमा गाडी नचलाइदिंदा यात्रुहरु मर्कामा परेका थिए ।

    त्यसलगत्तै बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक १ गतेदेखि लागू हुने गरी २३ प्रतिशतले भाडा वृद्धिको निर्णय गरेको हो । डिलक्स सुविधा भएका गाडीले भने यसमा पनि थप २० प्रतिशत बढी भाडा लिन पाउने छन् ।

    यात्रुहरुले १५ किलोसम्मको सामानको भाडा तिर्नु पर्ने छैन । तर १५ किलोभन्दा बढी १० केजीसम्म सामानको प्रतिकिलो ५ रुपैयाँको दरले थप भाडा तिर्नु पर्ने निर्णय मन्त्रालयले गरेको छ ।

    काठमाडौं उपत्यकाको भाडा १८ देखि ३५ रुपैयाँ कायम

    काठमाडौं उपत्यकाभित्र सन्चालन हुने सार्वजनिक सवारी साधनको हकमा भने न्यूनतम १८ रुपैयाँदेखि अधिकतम ३५ रुपैयाँसम्म भाडा कायम गरिएको छ ।

    १८ रुपैयाँ भाडा ५ किलोमिटरसम्मको दुरीका लागि हो । पाँच किलोमिटर भन्दा कम दुरीको यात्रा गरे पनि १८ रुपैयाँ नै तिर्नुपर्ने छ ।

    १० किलोमिटरसम्मको दुरीमा यात्रा गर्दा २३ रुपैयाँ, १५ किलोमिटरसम्मको २७ रुपैयाँ, २० किलोमिटरसम्मको ३० रुपैयाँ र २० किलोमिटरभन्दा बढी दुरीको लागि ३५ रुपैयाँ भाडा तिर्नु पर्ने छ ।

    यातायात व्यवसायीको असन्तुष्टि

    भाडा वृद्धि कम भएको भन्दै यातायात व्यवसायीले भने असन्तुष्टि जनाएका छन् । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले विज्ञप्ति जारी गरी अहिलेको भाडा दर पुनरवलोकन नभए आफैं भाडा बढाउने चेतावनी दिएका छन् ।

    उनका अनुसार २०७८ साल नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात व्यवस्था विभागबीच गत वैशाखमा २८ प्रतिशत भाडा समायोजन गर्ने सहमति भएको थियो । त्यतिबेला डिजलको मूल्य १०४ रुपैयाँ प्रतिलिटर र पेट्रोलको मूल्य १२१ रुपैयाँ प्रतिलिटर थियो । अहिले डिजलको मूल्य ११३ रुपैयाँ र पेट्रोलको मूल्य १२९ रुपैयाँ प्रतिलिटर पुगिसके पनि २३ प्रतिशतले भाडा समायोजन गरिनु अवैज्ञानिक र अव्यवहारिक भएको महासचिव सिटौलाको भनाइ छ ।

    अहिलेको भाडा दर पुनरावलोकन नभए महासंघले आफैले सात वटै प्रदेशमा भाडा समायोजन गरी लागु गर्ने चेतावनी उनले दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.