सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेनी-जोमसोम सडकको लागि अभिशाप काभ्रेभीर


  •    न्युजभित्तो/२० आश्विन २०७८, बुधबार १५:५९ 
  •  गलेश्वर,२० असोज । बहुचर्चित कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडकखण्डको काभ्रेभीर यस क्षेत्रका लागि सधै जोखिमपूर्ण बनेको छ । साँघुरो सडकको माथि र तल दुवैतर्फ सामान्य पानी पर्दासमेत पहिरो जाने र बाटो हिलो भएर सवारीसाधन चल्नै नसक्ने हुँदा हप्तैपिच्छे सो सडकखण्ड अवरुद्ध हुने गरेको छ ।

    आइतबार रातिको सामान्य वर्षाले उक्त सडक खण्डको काभ्रेभीरमा सडकको दाँयातर्फ (तल्लोपट्टी) पहिरो गएपछि अवरुद्ध बनेको सो सडक तीन दिनपछि आज एकतर्फी रुपमा सञ्चालनमा आएको छ । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको काभ्रेमा पहिरो गएर सडक अवरुद्ध भएपछि मुक्तिनाथ जाने र त्यहाँबाट फर्कने यात्रु अलपत्र परेका थिए ।

    आइतबार रातिको वर्षाका कारण पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । बर्सेनि पहिरो र नदी कटानका कारण निर्माणधीन बेनी–जोमसोम सडक निकै सास्तीमय हुने गरेको सो सडक खण्ड भएर नियमितरुपमा जोमसोम–बेनी गरिरहने व्यवसायी कृष्ण शर्मा सापकोटाले बताए ।

    हिउँद याममा स्तरोन्नति गरिएको सडक बर्खायाममा विग्रदा आयोजना सम्पन्न हुनेमा चुनौती थपिएको छ । उक्त सडकअन्तर्गत म्याग्दीको गलेश्वर, बेगखोला, बैसरी, तातोपानी, दाना, रुप्से र काभ्रेभीरलगायतका सडकमा वर्षाले दुख दिने गरेको छ । लगातार वर्षाले सडक हिलाम्मे हुने, पहिरो जाने र सडकका संरचना भासिने गरेको दानाका पर्यटन तथा होटल व्यवसायी इन्द्रमान शेरचनले बताए ।

    गत असारदेखिको वर्षाले सडक संरचनामा क्षति पुगेको छ भने सडकको अवस्था दयनीय बनेको छ । यहाँ सामान्य वर्षा हुँनासाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरो खस्नुका साथै बाटो बगाउने र हिलो हुने समस्याले कतिबेला दुर्घटना हुने हो भन्ने भय रहिरहने स्थानीयवासी श्याम खत्रीले बताए ।

    सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका– ३ रुप्से छहरा, काभ्रेभीर, बाँदरजुंगे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको अन्नपूर्ण गाउँपालिका– ६ का कृष्ण बरुवालले बताए । वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँठाउँमा पहिरो जाने क्रम भने अझै नरोकिएकाले यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको प्रहरीले जनाएको छ ।

    बेनी–जोमसोम–कोरला सडक खण्डको विभिन्न चार ठाउँमा अहिले स्तरोन्नति तथा कालोपत्रको काम भइरहेको भएतापनि काभ्रेभीर भौगोलिक रुपमा नै अत्यन्त कमजोर र बढी जोखिमयुक्त रहेको स्थानीयवासी खड्क खत्रीले बताए । पहिराले काभ्रेमा करिब १५ मिटर सडक भासिएको, स्थानीयवासीको खेतीयोग्य जमिन बगेको र १५ घर जोखिममा परेका उनको भनाइ छ ।

    बेनी–जोमसोम खण्डमा ४–५ ठाउँ अत्यन्त जोखिमयुक्त छ । बेनी–जोमसोम–कोरला आयोजनाले बेनी–जोमसोम (७६ किमि) र जोमसोम–कोरला (११० किमि) लाई दुई खण्डमा बाँडेर स्तरोन्नति गर्दैछ । त्यसअनुसार बेनी–जोमसोम खण्डमा दोहोरो सवारी चल्ने गरी कालोपत्र हुनेछ भने जोमसोम–कोरला खण्डको स्तरोन्नति भइरहेको छ ।

    सडक क्षतविक्षत भएपछि मुक्तिनाथ दर्शन गर्न पुगेका तीर्थयात्रीसहित पर्यटक अप्ठेरोमा परेका छन् । सडक खण्ड अन्तर्गत तातोपानीको पोखरी, नागढुङ्गा, दानाको गुइँठे, काभ्रेभीर, मुस्ताङको थासाङ् गाउँपालिका–४ घाँसा, सिर्कु, मार्फाको स्याउबारी आसपासमा कालीगण्डकी नदीले व्यापक कटान गरेको छ ।

    लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी, कमजोर भूबनावट र कालीगण्डकी नदीको कटानले सडक छियाछिया परेको छ भने मोटरेबल पुलसमेत जोखिममा छन् । उत्तरी म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने एकमात्र राजमार्गको आधा दर्जन ठाउँमा तल र माथिबाट खसेको पहिराले भदौको पहिलो सातादेखि नै सडक नियमित सञ्चालन हुन सकेको छैन । भारी वर्षापछिको बाढीपहिराले म्याग्दी र मुस्ताङमा थुप्रै स्थान चर्किएको र भासिएको छ ।

    बेनी–जोमसोम–कोरला सडक खण्डमा करिब पाँच अर्बको लगानीमा सडकको स्तरोन्नतिका काम भइरहेको छ । रु दुई अर्ब ४० करोड लागतको तल्लो खण्डमा विस्तार र कालोपत्र गर्ने र दुई अर्ब ६० करोडको लागतमा माथिल्लो खण्डको स्तरोन्नति हुने बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.