सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मधेसमा रोजगारीको व्यवस्था आवश्यक : अध्यक्ष ठाकुर


  •    न्युजभित्तो/१८ आश्विन २०७८, सोमबार १६:५८ 
  • राजविराज, १८ असोज ।  लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसमा स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था हुनुपर्ने बताउनुभएको छ । सप्तरीको राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेसमा अधिकाँश युवा वेरोजगार रहेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था र अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले मधेस आन्दोलका बेला लगाइएको मुद्दा खारेज हुनुपर्ने माग गर्दै नागरिकता सम्बन्धी विधेयक पारित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले जनआनदोलन र मधेस आन्दोलनका बेला राखिएका माग पूरा गनुपर्ने स्मरण गराउनुभयो ।

    “जनसङ्ख्याको आधारमा स्थानीय तहको पुनःसंरचना हुनुपर्छ”, अध्यक्ष ठाकुरले भन्नुभयो । सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले विगतमा उठाइएका मधेस अधिकार र पहिचानसहितका माग पूरा हुन नसकेको बताउनुभयो । विचारको आधारमा पार्टी गठन भएको भन्दै उहाँले केही पार्टी स्वार्थमा लागेका कारण मधेसी जनताको माग पूरा हुन नसकेको धारणा व्यक्त गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.