सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘ज्येष्ठ नागरिकको आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान’


  •    न्युजभित्तो/१५ आश्विन २०७८, शुक्रबार ११:०२ 
  • गोदावरी, १५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवले समाजको आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

    ३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उहाँले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व हुने भएकाले उहाँहरुको ज्ञान, सीप र अनुभवलाई आत्मसात गरेर समाजको आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन हुनुपर्ने बताउनुभयो ।

    जीवनको लामो समय घरपरिवार, समाज र राष्ट्र सेवाको भूमिकामा रही प्राप्त हुने ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँपुस्तामा समेत हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्नेतर्फ प्रदेश सरकार अग्रसर रहेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

    ज्येष्ठ नागरिकको सम्मान र सुरक्षालाई महत्व दिँदै सरकारले विभिन्न कार्यक्रम तथा सेवासुविधा प्रदान गर्दै आएको उल्लेख गर्दै थप सुविधाको व्यवस्थालाई महसुस हुने गरी कार्यान्वयन गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ज्येष्ठ नागरिकको हकहित संरक्षण र संवद्र्धनका क्षेत्रमा क्रियाशील निकायलाई कार्यसम्पादन गर्न आग्रह गर्नुभएको छ ।

    दिवसका अवसरमा मुख्यमन्त्री भट्टले सामाजिक, सांस्कृतिक परम्पराअनुरुप परापूर्वकालदेखि कायम रहँदै आएको आफूभन्दा ठूलाको आदर, सत्कार, सम्मान र कदर गर्ने संस्कारलाई प्रवद्र्धन गर्न प्रदेशवासी सबैलाई आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
    बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
    एक करोडमा वडा कार्यालय भवन निर्माण
    • अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
    • गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
    • स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
    • प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.