सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अस्पतालमा बिरामी भेट्न जाँदा के गर्ने के नगर्ने ?


  •    /२४ श्रावण २०७६, शुक्रबार २१:५५ 
  • आफन्त, ईष्टमित्र, साथीभाई बिरामी परेर अस्पताल भर्ना भएपछि हामी प्रायः भेट्न पुग्छौं । तर अस्पतालमा बिरामी भेट्न जाँदा के गर्नु पर्छ भन्ने कुराको ध्यान कमैले मात्रै दिएको पाईन्छ । बिरामी भेट्न जाँदा पनि धेरै नियम पालना गर्नुपर्छ । जुन नियम पालना गर्नाले तपाई र बिरामी दुवैलाई फाईदा पुग्दछ ।

    अस्पताल रोग निको पार्ने ठाउँ मात्रै होइन, त्यहाँको नियम पालना गर्न जानिएन भने रोगको घर पनि हो । त्यहाँको नियम पालना गर्न सकिएन भने उल्टै रोग बोकेर फर्किनु पर्ने हुन्छ । त्यसैले अस्पतालमा बिरामी भेट्न जाँदा निम्न विषयमा ध्यान दिनु आवश्यक हुन्छ ।

    १. अस्पतालमा धेरैथरी रोगको उपचारका लागि मानिसहरु आउने हुँदा धेरै रोगको संक्रमण हुनसक्छ । त्यसैले बिरामी भेट्न आउँदा सकेसम्म छोटो भेटघाट गर्नुपर्छ ।

    २. रुघा खोकी, इन्फ्लुएन्जा, झाडापखाला, दादुरा लगायतका सरुवा रोग लगेका व्यक्तिहरु बिरामी भेट्न जानु हुँदैन । यस्तो रोग लागेका व्यक्तिबाट उल्टै बिरामीलाई रोग सर्ने गर्दछ ।

    ३. बालबालिकालाई अति जरुरी बाहेक अरु अवस्थामा अस्पतालमा लैजानु हुँदैन । किनभने बालबालिकाको रोगसँग लड्नसक्ने शक्ति कम हुन्छ ।

    ४. साबुन–पानीले राम्रोसँग हात धोएर मात्र बिरामी भेट्न जानुपर्छ । बिरामीलाई छोइसकेपछि र बिरामी भेटेर फर्किंदा पनि हात पुनः राम्रोसँग सफा गर्नुपर्छ । अन्यथा बिरामी भेट्न जाने व्यक्तिका हातका किटाणुहरु बिरामीलाई पनि सर्नसक्छ र बिरामीको रोग आफू र आफ्नो परिवारलाई सर्नसक्छ ।

    ५. बिरामी भेट्न जाने बिरामीका आफन्तहरु बेडमा बस्नु हुँदैन । सरुवा रोगका लक्षणहरु नभए पनि किटाणुहरु हाम्रो शरीरमा हुनसक्छन र ती बिरामीलाई सर्न सक्छन् । बिरामीको बेडमा पनि धेरै किटाणु हुन सक्छन् ती हामीलाई सर्नसक्छन् ।

    ६. हरेक अस्पतालको आफ्नै फोहोरमैला व्यवस्थापान गर्ने प्रणाली हुन्छ । प्रायः अस्पतालमा कुहिने फोहोर र नकुहिने फोहोर, संक्रमित फोहोर, सिसा आदि फाल्ने रंगीचंगी छुट्टाछुट्टै डस्टबिनको व्यवस्था गरिएको हुन्छ । अस्पतालको नियम अनुसार फोहोरमैला फाल्नु जिम्मेवार नागरिकको कर्तव्य हो । कुन फोहोर, कुन डस्टबिनमा फाल्ने थाहा नभएका बिरामीका आफन्तले ड्युटीमा रहेका नर्सलाई सोध्नुपर्छ । र तोकिएको ठाउँमा मात्रै फोहोर फाल्ने गर्नुपर्छ ।

    ७. हरेक अस्पातालले बिरामी भेट्ने निश्चित समय तोकेको हुन्छ । बिरामी भेट्न आउनुअघि भेट्न पाउने समयको जानकारी लिनुपर्छ ।

    ८. बिरामीको कोठा अगाडि कुनै सूचना अथवा कुनै चिन्ह राखिएको छ भने पढेर राम्रोसँग बुझेपछि मात्रै बिरामी भेट्न जानुपर्छ । सूचनामा उल्लेख गरेअनुसारको नियम पालना गर्नुपर्छ । प्रायः अस्पातालमा आइसियु, ओटी, आइसोलेसन रूममा जाँदा मास्क, गाउन लगाउनुपर्ने, जुत्ता फुकाल्नुपर्ने जस्ता नियम हुन्छन् । तिनलाई पालना गर्नुपर्छ ।

    ९. बिरामीलाई भेट्न जाँदा बिरामीको अवस्था अनुसार फूल, उपहार भन्दा पत्रिका आदि लगिदिँदा राम्रो हुन्छ ।

    १०. बिरामीलाई खानेकुरा लैजाँदा घरैमा तयार गरेर लानु राम्रो हुन्छ । यसरी लैजाँदा पनि बिरामीले कुन खाने कुरा खान हुन्छ, त्यस कुराको जानकारी हुनु पर्दछ ।

    ११. बिरामीसँग कुराकानी गर्दा उसलाई प्रोत्साहन हुने खालको गर्नुपर्दछ । बिरामीलाई हतोत्साहित हुने खालका “कठै, यति ठूलो रोग लागेछ, निको हुन गाह्रो छ” जस्ता विषयवस्तु प्रयोग गरेर कुराकानी गर्नु हुँदैन । बिरामीको आत्मबल बलियो हुने खालका कुरा गर्नुपर्दछ । आफ्नो प्रस्तुती र हाउभाउ पनि बिरामीलाई सकारात्मक सन्देश दिने खालको हुनु पर्दछ ।

    १२. बिरामीले भेट्न आउनेसँग गरेको अपेक्षा बुझ्नु पर्दछ । र त्यो अपेक्षा आफूबाट पूरा हुन सम्भव भए आफैले गर्नुपर्दछ, नसक्ने भए अरु कुनै उपायबाट भए पनि पूरा गर्नेतर्फ पहल गर्नुपर्दछ । –एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.