सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रसुवामा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा


  •    न्युजभित्तो/१२ आश्विन २०७८, मंगलवार ११:३४ 
  • रसुवा, १२ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले रसुवामा जिल्ला कमिटी गठन गरेको छ । पहिलोपटक गठित उक्त दलको जिल्ला कमिटी अध्यक्षमा कालिका गाउँपालिका–५ जिवजिवे निवासी विष्णुप्रसाद देवकोटा चयन हुनुभएको छ ।

    प्रथम चरणअन्तर्गत ५१ सदस्यीय जिल्ला कमिटीको सचिवमा उत्तरगया गाउँपालिका–५ बेत्रावतीका शिव लामिछाने, उपाध्यक्षमा विनोद लामिछाने, उपसचिवमा आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङका शुजिय तामाङ रहनुभएको अध्यक्ष देवकोटाले बताउनुभयो ।

    सदस्यमा नेकपाका संस्थापक सदस्य साङ्तेम्वा तामाङ धुञ्चे (विसं २०४६ पछि रसुवामा गठन भएको पहिलो नेकपा (एमाले)का संस्थापक सदस्य), शनद देवकोटा जिवजिवे, अर्चना लामा बेत्रावती, भरत बगाले धुसेनी, गङ्गा बगाले धुसेनी रहनुभएको छ । यसैगरी दावा तामाङ, सन्तोष तामाङ, रामशरण न्यौपाने, नविनाथ देवकोटा, भीम तामाङ र अप्सरा रिजाल जिल्ला कमिटी सदस्यमा रहनुभएको छ । कार्यनिर्देशिका अनुरूप नपुग सदस्य क्रमशः थपिँदै लगिने बताइएको छ ।

    नयाँ दललाई सही दिशामा लान जनतामाझ गर्नुपर्ने सेवा थप प्रभावकारी तुल्याउन सुब्बा लामा प्रमुख सल्लाहकार चयन हुनुभएको उक्त दलले जनाएको छ । जिल्ला कमिटी गठनलगत्तै दलको नीति, सिद्वान्त आमनागरिकलाई सुसूचित गराउन सिङ्गो पार्टीपंक्तिका पदाधिकारी गाउँघर जागरण अभियानमा अगाडि बढिरहेको एकीकृत समाजवादीले जनाएको छ । नवगठित जिल्ला कार्यसमितिमा सबै क्षेत्रलाई समाहित गरिएको र छुट भएका साथीलाई क्रमशः समाहित गर्दै जाने बताइएको छ ।

    शिक्षा, स्वास्थ्यलगायत जिल्लाको समग्र विकासका गतिलाई तीव्रता दिने, जनतामाझ आइपर्ने समस्या समाधान गराउने, रोजगारीका अवसर सिर्जना गराउने, जलसम्पदाको सही सदुपयोग गराउने, कृषि उत्पादकत्व वृद्विजस्ता समग्र जनहितकारी सेवामा निरन्तर अगाडि बढ्ने उक्त दलले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.