सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका सात पालिकामा को–को बने कांग्रेस सभापति र पदाधिकारी ?


  •    न्युजभित्तो/११ आश्विन २०७८, सोमबार १२:३१ 
  • चितवन, ११ असोज । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत यहाँका सात पालिकामा अधिबेशन सम्पन्न भएको छ । असोज ९ र १० गते सम्पन्न पालिका अधिवेशनले अधिकांश नयाँ अनुहारलाई पालिकाको नेतृत्वमा जिम्मेवारी दिएको छ ।

    आइतबार राती सम्पन्न भरतपुर महानगरपालिकाको अधिवेशनले चित्रसेन अधिकारीको सभापतित्वमा नयाँ कार्यसमित चयन गरेको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीलाई १ सय ३ मतले पराजित गर्नु भएको हो । चित्रसेनले ६ सय ४९ मत ल्याउँदा भरतले ५४६ मत ल्याउनु भएको छ । यस्तै महानगरको उपसभापतिमा बुद्धिकान्त न्यौपाने र बिजय घले विजयी हुनु भएको छ । उहाँहरुले क्रमश ६६१ र ५५६ मत ल्याई बिजयी हुनु भएको हो ।

    सचिवमा कृष्ण वगाले र प्रनिशा गुरुङ बिजयी हुनु भएको छ । उहाँहरुले क्रमश ४५६ र ५६४ मत ल्याउनु भएको थियो । यस्तै सहसचिवमा उपेन्द्र पण्डित र कल्पना खड्का पौडेल बिजयी हुनु भएको छ । उहाँहरुले क्रमश ५१३ र ४२० मत ल्याएर बिजयी बन्नुभएको हो ।

    यस्तै रत्ननगर नगरपालिकाको काँग्रेस सभापतिमा प्रलाद सापकोटा बिजयी बन्नुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिशप्रति रुपनराज घिमिरेलाई ७८ मत अन्तरले पराजित गर्नु भएको हो । सापकोटाले २ सय ४६ मत ल्याउँदा घिमिरेले १६७ मत प्राप्त गर्नु छ । उपसभापति अपिल अधिकारी र कमला अधिकारी, सचिवमा अनिता अधिकारी र तिर्थराज सुवेदी, सहसचिवमा अमृत मल्ला र रामचन्द्र पौडेल बिजयी हुनु भएको छ ।

    पूर्बी चितवनको कालिका नगरपालिकामा दिपेश्वर केसी बिजयी हुनु भएको छ । केसीले आफ्ना निकटतम प्रतिशप्रधि लिलाबहादुर गुरुङ्लाई १० मत अन्तरले पराजित गर्नु भएको हो । उहाँले १ सय १२ मत ल्याउँदा उहाँका प्रतिशप्रति लिलाबहादुर गुरुङ्ले १ सय २ मत प्राप्त गर्नु भएको छ ।

    यस्तै उपसभापतिमा चेत वहादुर गुरुङ् र जेएन महतो बिजयी हुनु भएको छ । सचिवमा राजन रेग्मी र फडिन्द्र लामिछाने, सह सचिवमा योजना न्यौपाने अधिकारी र विश्वास अर्याल विजयी हुनुभएको छ ।

    राप्ती नगरपालिकामा भएको निर्वाचनमा देवेन्द्र लामा बिजयी हुनु भएको छ । उहाँले आफ्ना प्रतिशप्रधिलाई ४० मत अन्तरले पराजित गर्नु भएको हो । लामाले १ सय २७ मत ल्याउँदा उहाँका प्रतिशप्रधि नारायण उप्रेतीले ८७ मत ल्याउनु छ । राप्तीको उपसभापतिमा अनिता खरेल र कृष्ण प्रसाद पाण्डे बिजयी हुनु भएको छ । सचिवमा राजकुमार शिलवाल र लक्ष्मी कँडेल बिजयी हुनु भएको छ । सह सचिवमा मनोज तामाङ र तारामायाँ प्रजा बिजयी हुनुभएको छ ।

    खैरहनी नगरसभापतिमा गुणराज श्रेष्ठ विजयी हुनुभएको छ । मतपरिणाम अनुसार उहाँको प्रतिस्पर्धी शशि खनियालाई पराजित गर्दै श्रेष्ठ विजयी हुनु भएको हो । श्रेष्ठले १ सय ४५ मत ल्याएर विजयी हुदौ गर्दा खनियाले १४२ मत ल्याउनुभएको छ ।

    माडी नगरपालिकामा पुनः कोमलनाथ भूषालको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनमा भूषालले आफ्ना निकटतम प्रतिशप्रधि खेम महत्तोलाई ३ मत अन्तरले पराजित गर्नु भएको हो । महत्तोको ७१ मत आउँदा भूषालले ७४ मत प्राप्त गर्नुभएको थियो । माडीको उपसभापतिमा गणेश पौडेल र मायाँराम अधिकारी, सचिवमा अपिल अधिकारी र लोकनाथ लामिछाने, सहसचिवमा इन्द्र चापगाई र दिक्षा भट्टराई बिजयी हुनु भएको छ ।

    जिल्लाको एकमात्रै गाउँपालिका इच्छाकामनाको सभापतिमा कृतिकुमार श्रेष्ठ विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी विष्णुकुमार कुँवरलाई ४ मतान्तरले पराजित गर्दै श्रेष्ठ विजयी हुनुभएको हो । खसेको कुल मत मध्ये ६६ मत प्राप्त गर्दै श्रेष्ठ विजयी हुनुभएको हो । कुँवरले ६२ मत प्राप्तु गर्नुभएको छ । उपसभापतिमा देवलाल गुरुङ र दिपक खनाल, सचिवमा तुलवहादुर गुरुङ् र हिरा गुरुङ, सहसचिवमा उत्तमकुमार गुरुङ् र सुधिर अधिकारी निर्वाचत हुनु भएको छ । जिल्लाका सातै पालिकामा मतदानद्वारा नेतृत्व चयन गरिएको हो ।
    –––

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.