सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरको सभापतिमा चित्रसेन अधिकारी रत्ननगरको अध्यक्षमा प्रलाद सापकोटा विजयी


  •    न्युजभित्तो/११ आश्विन २०७८, सोमबार ०९:५७ 
  • चितवन, ११ असोज । नेपाली कांग्रेसको पालिकास्तरीय अधिवेशनको परिणाम आउने क्रम जारी रहेको छ । भरतपुर महानगर समितिको सभापतिमा चित्रसेन अधिकारी र रत्ननगर नगरपालिकाको अध्यक्षमा प्रलाह सापकोटा विजयी हुनुभएको हो ।

    नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत भएको निर्वाचनबाट भरतपुर महानगरपालिकाको चित्रसेन १०३ मत प्राप्त गरी विजयी हुनु भएको हो । भरतपुर २१ का वडा अध्यक्ष समेत रहनु भएका चित्रसेनले ६४९ मत प्राप्त गर्नुभयो भने उहाँको निकटम प्रतिद्धन्द्धी वर्तमान सभापति समेत रहनु भएका भरत अधिकारीले ५४६ मत प्राप्त गर्नुभयो ।

    यस्तै अन्य उम्मेद्वारहरु हिरामणी अधिकारीले १२९, बचन कार्कीले ७५ र अर्जुनप्रसाद रिजालले २६ मत प्राप्त गर्नुभयो ।

    यस्तै उपसभापतिमा बुद्धिकान्त न्यौपाने ६६१ र विजय घले ५५६ मत सहित निर्वाचित हुनु भएको छ । । अन्य उम्मेदवारहरु किशोर गुरुङ ५५४, कृष्णप्रसाद रेग्मी २०५, केदारनाथ बराल ९५, गीताकुमारी शर्मा १४८, देवीप्रसाद लुईटेल ६६, शारदा कुमारी १७२ र सुरक्षा रेग्मीले २०७ मत प्राप्त गर्नुभयो ।

    त्यस्तै सचिवमा प्रनिशा गुरुङ ५६४ र कृष्ण बगाले ४५६ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । यस्तै सह–सचिवमा उपेन्द्र पण्डित ५१३ र कल्पना पौडेल खड्का ४२० मत सहित विजयी विजयी हुनु भएको छ ।

    यसैगरी रत्ननगर नगरपालिकाको सभापतिमा प्रलाद सापकोटा २४६ मतका साथ विजयी हुनु भएको छ । उहाँका निकटम प्रतिद्धन्द्धी रुपनराज घिमिरेले १६८ मत प्राप्त गर्नुभयो । पराजित घिमिरे रत्ननगरका वर्तमान सभापति समेत हुनुहुन्छ ।

    यस्तै उपसभापतिमा अपिल अधिकारी २४८, कमल अधिकारी २०० मत सहित विजयी हुनु भएको छ । त्यस्तै सचिवमा अनिता अर्याल २५९, तीर्थराज सुवेदी १८७ मत सहित निर्वाचित हुनु भएको छ । सह–सचिवमा अमृत मल्ल १९४, रामचन्द्र पौडेल २०५ मत सहित विजयी हुनु भयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.