एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने कुल आचार्यको घोषणा
न्युजभित्तो/१० आश्विन २०७८, आईतवार १४:४९
काठमाडौं,१० असोज । गैरआवासीय नेपाली कुल आचार्यले एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बेलायत निवासी आचार्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । अघिल्लो निर्वाचनमा उनी कुमार पन्तसँग पराजित भएका थिए ।
विगत केही समयदेखि संस्थाको गरिमा खस्किएको भन्दै उनले आफू अध्यक्ष भए गरिमा बढाउने बताए । उनले अघि भनेका छन्, ‘संस्थामा अनियमितता र दुरुपयोगका गुनासो हिजो आज बढ्दै गएको छ । त्यसैले आर्थिक अनियमितता र दुरुपयोग रोक्दै यस्ता गुनासो आउने नदिने प्रतिवद्धता व्यक्त गर्छु ।’
उनले कसै पनि दोष लगाउन नचाहेको, तर संघको नेतृत्व तहका केही जिम्मेवार व्यक्तिले संस्थालाई व्यक्तिगत स्वार्थ अनुरुप प्रयोग गरेको आरोप लगाए । यसले संस्थाको शाख गिरेको भन्दै अध्यक्षका उम्मेदवार आचार्यले भने, ‘सदस्यता र डेलिगेटसम्बन्धी विवादका कारण निर्धारित समयमा महाधिवेशन नहुने हो कि भन्ने आशंका बढेको छ ।’
विवादको विधान सम्वत समाधान खोजेर निर्धारित मितिमा स्वतन्त्र, धाँधलीरहित निर्वाचन गर्नेमा उनले जोड दिए । साथै आर्थिक अनियमिताबारे छानविन गरी दोषीलाई कारबाही गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र अन्तराष्ट्रिय समन्वय परिषदसँग माग समेत गरेका छन् ।
उनले संघको पञ्जिकृत सदस्यहरुको संख्या ५ लाख पुर्याउने आफ्नो लक्ष्य रहेको बताए । संविधानले एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने भावना स्वीकार गरे पनि नागरिकतासम्बन्धी ऐन नबन्दा अधिकार उपयोग गर्न नपाएको भन्दै आचार्यले भने, ‘गैरआवासीय नेपाली नागरिकता, पासपोर्ट र नेपालमा रहेको पैत्रिक सम्पत्तिको सुरक्षाको प्रत्याभूति हाम्रो प्रमुख माग हो । सरकार, संसद र राजनीतिक दलहरुसँग सम्वाद गरी यो समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।’