सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली काँग्रेसको पालिका अधिवेशन आज, को–को बन्लान् चितवनका सात पालिकाका सभापति ?


  •    न्युजभित्तो/९ आश्विन २०७८, शनिबार ०७:४६ 
  • चितवन, ९ असोज । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तरगत पालिका अधिवेशन आज हुँदैछ । जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोख्रेलका अनुसार सात पालिकामा मतदान अधिकृत, मतदान केन्द्र लगायतका सम्पूर्ण तयारी पूरा भएको छ ।

    इच्छाकामना गाउँपालिकाको निर्वाचन मुग्लिन थकाली समाज भवन मुग्लिनमा हुने अधिवक्ता हरिहर दवाडी मतदान अधिकृतको रुपमा रहनु भएको छ । यस्तै भरतपुर महानगरपालिकामा अधिबक्त श्रीराम दवाडी रहनु भएको छ । भरतपुरको अधिवेशन भरतपुर महानगरपालिका वडा नं. १५ विश्वप्रकाश मावि मा रहेछ ।

    यस्तै रत्ननगरका अधिबक्ता धर्म अर्याल निर्वाचन अधिकृत रहनु भएको छ । रत्ननगरको स्टर बैंङ्क्यूटमा अधिवेशन हुनेछ । खैरहनी नगरपालिकाका लागि प्रेमराज पौडेल मतदान अधिकृत रहनु भएको छ । खैरहनीमा पर्सा बैंङ्केट खैरहनी चोकमा अधिवेशन हुनेछ । यस्तै) कालिकाको भिमोदय माविमा अधिवेशन हुनेछ भने त्यहाँ मतचदानअधिकृत तेज प्रसाद पौडेल रहनु भएको छ ।

    प्ती नगरपालिकाको भण्डारा मावि भण्डारामा अधिवेशन हुनेछ । त्यहाँ मतदान अधिकृत शिवराज अधिकारी रहनु भएको छ । माडी नगरपालिकामा स्व कर्णवहादुर घर्ति स्मृति प्रतिष्ठान माडीमा अधिवेशन हुनेछ । माडीको मतदान अधिकृतमा कृष्ण न्यौपाने रहनु भएको छ ।

    यी मतदान केन्द्रमा भोली शनिवार बहिान ७ वजेबाट निर्वाचन प्रकृया सुरु हुने छ । १४ औं महाधिबेशनबाट जिल्लाका सात पालिकामा नगर सदस्य र सात–सात जना पदाधिकारीहरु रहेका छन् । भरतपुर महानगरपालिकामा सात जना पदाधिकारी सहित १ सय ५२ जना नगर समिति सदस्य निर्बाचित हुने छन् । जस मध्ये प्रत्यक्ष तर्फ ८७ जना, खस आर्य तर्फ २७ जना, आदिवासी जनजाती तर्फ १९ जना, मधेशी तर्फ २ जना, दलित ६ जना, थारु ३ जना, मुस्लिम १ जना रहेका छन् । पदाधिकारीमा सभापति १ जना, उपसभापति २ जना सचिब २ जना र सहसचिबमा २ जना निर्वाचित हुने छन् । भरतपुर महानगरपालिकामा १ हजार ४ सय ७० जना क्षत्रीय प्रतिनिधि रहेका छन् ।

    ईच्छाकामना गाउँपालिकामा सात जना पदाधिकारी सहित ४२ सदस्यिय कार्यसमिति चयन गर्ने छ । जस मध्ये प्रत्यक्ष तर्फ २१ जना, खस आर्य तर्फ १ जना, आदिवासी जनजाती तर्फ १२ जना, दलित १ जना, निर्वाचित भएर आउने छन् । पदाधिकारीमा सभापति १ जना, उपसभापति २ जना सचिब २ जना र सहसचिबमा २ जना निर्वाचित हुने छन् । गाउँपालिकामा १ सय ३३ जना क्षेत्रीय प्रतिनिधि रहेका छन् । कालिका नगरपालिकामा सात जना पदाधिकारी सहित ६२ जना नगर समिति सदस्य निर्बाचित हुने छन् । जस मध्ये प्रत्यक्ष तर्फ ३३ जना, खस आर्य तर्फ ६ जना, आदिवासी जनजाती तर्फ १२ जना, दलित १ जना, थारु ३ जना रहेका छन् । पदाधिकारीमा सभापति १ जना, उपसभापति २ जना सचिब २ जना र सहसचिबमा २ जना निर्वाचित हुने छन् । कालिका नगरपालिकामा २ सय २० जना क्षेत्रीय प्रतिनिधि रहेका छन् ।

    खैरहनी नगरपालिकामा सात जना पदाधिकारी सहित ७२ सदस्यिय कार्यसमिति चयन गर्ने छ । जस मध्ये प्रत्यक्ष तर्फ ३९ जना, खस आर्य तर्फ ११ जना, आदिवासी जनजाती तर्फ ६ जना, दलित २ जना, थारु ७ जना निर्वाचित हु छन् । यो वाहेक पदाधिकारीमा सभापति १ जना, उपसभापति २ जना सचिब २ जना र सहसचिबमा २ जना निर्वाचित हुने छन् । यहाँ २ सय ९४ जना क्षत्रीय प्रतिनिधि रहेका छन् । माडी नगरपालिकामा १ सय ४८ क्षत्रीय प्रतिनिधि रहेका छन् । त्यहाँबाट प्रत्यक्ष तर्फ २७ जना, खस आर्य तर्फ ६ जना, आदिवासी जनजाती तर्फ ४ जना, दलित ३ जना, थारु ५ जना रहेका छन् । पदाधिकारीमा सभापति १ जना, उपसभापति २ जना सचिब २ जना र सहसचिबमा २ जना निर्वाचित हुने छन् । यस्तै राप्ती नगरपालिकामा पदाधिकारी सहित ७२ जना निर्वाचित हुने छन् । जस मध्ये सभापति १ जना, उपसभापति २ जना, सचिब २ जना र सहसचिब २ जना रहेका छन् भने अन्य सदस्यहरु रहेका छन् । सदस्यहरुमा प्रत्यक्षमा ३९ जना, खस आर्यमा ८ जना, आदिवासी जनजातिमा १४ जना, दलित २ जना, थारु २ जना निर्वाचित हुने छन् । यस पालिकामा २ सय २५ जना क्षेत्रीय प्रतिनिधिहरु रहेका छन् ।

    रत्ननगर नगरपालिकामा रहेका ४ सय २३ जना क्षत्रीय प्रतिनिधिले ८७ जनाको कार्यसमिति चयन गर्ने छ । जसमा पदाधिकारी ७ जना र अन्य नगर सदस्य रहने छन् । पदाधिकारी बाहेक प्रत्यक्ष ४८ जना, खसआर्य १५ जना, आदिवासी जनजाति ७ जना, मधेशी १ जना, दलित २ जना, थारु ६ जना, मुस्लिम १ जना नगर सदस्य रहने काँग्रेसको निर्वाचन निर्देशिकाले जनाएको छ । पार्टीको महाधिबेशनका क्रममा जिल्लामा अहिले सम्म शान्तिपूर्ण बातावरणमा सम्पन्न भएको छ । यस पछि असोजमानै हुने भनिएका क्षेत्रीय, प्रदेशीक र जिल्ला अधिबेशनको समय भने दशैं पछि सारिएको छ । बिभिन्न स्थानीय तहमा रहेका क्षेत्रीय प्रतिनिधिहरुले प्रादेशीक पदाधिकारी, प्रादेशीक प्रतिनिधि र कार्यसमिति , क्षेत्रीय पदाधिकारी र क्षेत्रीय समिति, महाधिबेशन प्रतिनिधि, महासमिति सदस्य, हुँदै जिल्लाको नेतृत्वलाई समेत छनोट गर्ने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.