सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश अस्पतालका निर्देशक डा. खड्काद्वारा ५० लाखको ‘प्रेम–माया’ अक्षयकोष स्थापना


  •    न्युजभित्तो/६ आश्विन २०७८, बुधबार १४:२७ 
  • कर्णाली, ६ असोज  । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले रु ५० लाखको अक्षयकोष स्थापना गरेको छ । उहाँले स्व आमा मायादेवी र बुबा प्रेमबहादुर खड्काको सम्झनामा प्रदेश अस्पतालमा रु ५० लाखको ‘माया–प्रेम’ गरिब तथा असहाय सहयोग अक्षयकोष स्थापना गर्नुभएको हो ।

    कर्णालीजस्तो दुर्गम क्षेत्रका गरिब नागरिकका लागि अक्षयकोषले सघाउ पु¥याओस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको निर्देशक खड्काले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार अक्षयकोषको सेवा पाउनका लागि बिरामीले प्रदेश अस्पतालको सामाजिक सुरक्षा विभागको सिफारिस लिनुपर्ने हुन्छ ।

    “सामाजिक सुरक्षा विभागले गरेको सिफारिसबमोजिम उपचारको व्यवस्था मिलाइनेछ”, उहाँले भन्नुभयो, “अक्षयकोषमार्फत प्राप्त हुने ब्याजबाट प्रदेश अस्पतालमा उपचारका लागि आएका असहाय, गरिब र अशक्तलाई उपचारमा सघाउने गरी मापदण्ड हुनेछ ।”

    निर्देशक खड्का परिवारमा चारभाइ छोरा हुनुहुन्छ जसमा जेठो छोरा पूर्णबहादुर खड्का नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वगृहमन्त्री हुनुहुन्छ भने माइलो छोरा डा डम्बर खड्का कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक, साहिँलो छोरा विष्णुबहादुर खड्का कांग्रेसका युवानेता एवं व्यवसायी र कान्छो छोरा किरण खड्का इन्जिनियर रहेको जनाइएको छ ।

    उहाँले भन्नुभयो, “कर्णाली प्रदेश अस्पतालमा सेवा लिने कतिपय बिरामीहरुले औषधि किन्न, अस्पतालको श्यया चार्ज तिर्न, बिरामीका लुगा प्रबन्ध गर्न र अस्पतालबाट डिस्चार्ज भएर घर जाँदा खर्च नहुने लगायतका समस्या हामीले देखे÷भोगेकाले अक्षयकोष स्थापनाको सोच निकाल्यौँ ।”

    आफ्ना चारै दाजुभाइले आपसी सल्लाह गरी बुबा–आमाको सम्झनामा अक्षयकोष स्थापना गर्ने निर्णयमा पुगेको उहाँले जनाउनुभयो । उहाँका अनुसार रु ५० लाखदेखि वार्षिक रु छ लाखको बराबर ब्याज आउँछ । त्यहीँ ब्याजबाट अप्ठ्यारोमा परेका नागरिकको समस्या टार्न हाम्रो प्रयास निर्बाध अघि बढ्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.