सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा फेरि कोरोना संक्रमण बढ्यो, आज ५३ जना संक्रमित थपिए


  •    न्युजभित्तो/५ आश्विन २०७८, मंगलवार १५:५२ 
  • चितवन, ५ असोज । भीडभाड बढेसँगै चितवनमा फेरि चितवनमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ ।

    स्वास्थ्य कार्यालय चितवनले तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमित थपिएका हुन् ।

    असोज २ गते शून्यमा झरेको दैनिक संक्रमण सोमबार ३४ जनामा देखिएको थियो भने आज यो संख्या बढेर ५३ पुगेको छ । असोज १ गतेबाट चितवनका अधिकांश शिक्षण संस्थाहरु खुल्न थालेकाले बजार तथा बाटोघाटोमा भीडभाड बढ्दै गएको देखिन्छ । मानिसहरुको आवतजावत र भीडभाड बढेकोले कोरोना बढ्दै गएको चिकित्सकहरुले जनाएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा भरतपुर महानगरपालिकामा ४२ जना, खैरहनी नगरपालिकामा दुई जना, माडीमा दुई जना, रत्ननगर नगरपालिकामा पाँच जना, राप्तीमा एक जना र इच्छाकामनामा एक जना संक्रमित थपिएका छन् ।

    योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या ५८७ जना पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा ५५१ जना र अस्पतालको आइसोलेसनमा ३६ जना रहेका छन् । २४ घण्टामा चितवनमा एक कोरोना संक्रमितको मृत्यु भएसँगै चितवनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१२ जना पुगेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.