सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आफ्नै घरमा मृत अवस्थामा फेला परेको सीताको शव १७ दिनसम्म पनि उठेन


  •    न्युजभित्तो/५ आश्विन २०७८, मंगलवार ११:०० 
  • बुटवल,५ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा १७ दिनअघि आफ्नै घरमा मृत अवस्थामा फेला परेकी २७ वर्षीय सीता भण्डारी पौड्यालको शव अझैसम्म आफन्तले बुझेका छैनन् । उनको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । पोष्टमार्टम रिपोर्टमा सीताले झुण्डिएर आत्महत्या गरेको देखिए पनि माइती पक्षले भने सीताको हत्या भएको भन्दै न्याय मागिरहेको छ ।

    ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भदौ १९ गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी हुन् । घर पक्षले सीताले आत्महत्या गरेको बताइरहँदा माइती पक्ष र स्थानीयवासीले उनको हत्या भएको भन्दै न्यायका लागि ईलाका प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, नगरपालिकामा समेत ध्यानाकर्षण गराएका थिए । उनीहरूले न्याय माग गर्दै सडकमा प्रदर्शनसमेत गरे ।

    अहिले आन्दोलन रोकिए पनि उनीहरूले शव उठाउन दिएका छैनन् । मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा सीताको शव भेटिएको माइती पक्षको भनाइ छ ।

    प्रहरीले सुरुमै सीताको मृत्युलाई आत्महत्या ठहर गरे पनि माइती पक्षले उनको हत्या भएको किटानी जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले दर्ता गर्न मानेको थिएन । तर माइती पक्ष र छिमेकीले दिनहुँ जसो आन्दोलन गरेपछि मात्र प्रहरीले किटानी जाहेरी लिएको थियो ।

    प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धान प्रभावित नहोस् भनेर आफूहरूले अहिले आन्दोलनलाई स्थगित गरेको स्थानीयवासी शान्ता बस्याल भट्टराईले बताइन् । अहिले शव उठाउँदा अनुसन्धान फितलो बनाउन सक्ने भएकाले आफूहरूले शव उठाउन नमानेको उनको भनाइ छ ।

    पुनः पोष्टमार्टम गर्नु परेमा वा अन्य विधिका लागि पनि अझै शव चाहिन सक्ने भएकाले पनि शव नउठाएको माइती पक्षको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.