सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घाँस काटिरहेकी महिलालाई ढुंगाले हानेर बेहोस बनाई गहना लुटियो


  •    न्युजभित्तो/५ आश्विन २०७८, मंगलवार १०:३८ 
  • पोखरा, ५असोज । पोखरामा घाँस काटिरहेकी महिलालाई ढुंगाले हानेर बेहोस बनाई गहना लुटिएको छ । पोखरा ३२ बडहरे घर भएकी ४८ वर्षीया मरियम गुरुङको दुवै कान काटेर एक तोलाको रिङ लुटिएको हो । घरबाट एक सय मिटर पर बारीमा घाँस काट्न गएकी गुरुङलाई थाहै नपाई एक युवक एक्कासी आएर ढुंगाले घाँटीमा हानी बेहोस बनाएको उनका श्रीमान धनमान गुरुङले जानकारी दिए । त्यसपछि ति युवकले दुवै कान काटेर आधा आधा तोलाको दुई वटा बेरुवा रिङ लिएर भागेका थिए ।

    मरियम घाइते भएको नजिकै छिमेकी घरकाले देखेपछि होहल्ला गर्दा घरपरिवारले थाहा पाएका थिए । मरियमले रातोमा सेतो धर्का भएको सर्ट लगाएको पातलो मान्छे देखेको र उसको हातमा काट्ने हतियार पनि भएको बयान दिएकी छन् । आफूलाई ढुंगाले हानेपछि केही थाहा नपाएको उनले बताएकी छन् ।

    घटनापश्चात् राजाको चौतारा प्रहरी कार्यालयबाट टोली घटनास्थल पुगेका थिए । तत्काल घाइते गुरुङलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याई कानमा टाँका लगाई थप उपचार गरिएको श्रीमान् धनमानले बताए । घटनापछि गाउँले त्रासमा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.