सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सभामुख निष्पक्ष नबन्दा संसद् अवरुद्ध गर्नुपयो : अध्यक्ष ओली


  •    न्युजभित्तो/२९ भाद्र २०७८, मंगलवार १७:०७ 
  • झापा, २९ भदौ । प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको बताउनुभएको छ ।

    नेकपा एमाले झापाले आज विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले एमालेविरुद्ध षड्यन्त्र गरिएकाले प्रतिनिधिसभा अवरुद्ध गर्नु आफूहरुको बाध्यता भएको बताउनुभयो । आफ्नो नेतृत्वमा गठन भएको सरकारका पालामा मुलुकले प्रगति गरेको, व्यापार घाटा घटाएको र निर्यात बढाएको उहाँको भनाइ थियो ।

    आगामी निर्वाचनबाट एमाले पुनः सत्तामा फर्किने अध्यक्ष ओलीले बताउनुभयो । “हाम्रो विजय यात्रालाई कसैले रोक्न सक्दैन”, उहाँले भन्नुभयो । एमालेलाई विभाजनको खासै असर नपरेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “पिलो निचोरेर एमालेको वजन घट्दैन, पतकरले कोशीको भेल थुनिदैन ।” अध्यक्ष ओली आजै पार्टी कार्यकर्तालाई सम्बोधन गर्न काठमाडौँबाट यहाँ आइपुग्नुभएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.