सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा सिटी हल निर्माणको कार्य पुन सुरु


  •    न्युजभित्तो/२९ भाद्र २०७८, मंगलवार ११:४२ 
  • चितवन, २९ भदौ । निरन्तरको बर्खाको कारण रोकिएको भरतपुर महानगरको गौरवको योजनाको रुपमा रहेकोे सिटी हल निर्माणको काम पुन सुरु भएको छ । भरतपुरको महानगरको स्वामित्वमा रहेको जिल्ला समन्वय समिति पछाडिको बाइपास सडकसम्मको चार बिघा क्षेत्रफलको जग्गामा काम सुरु भएको हो ।

     भरतपुर गोन्द्राङ सडक विस्तारकै ठेक्का पाएको कम्पनी इन्डो सगुन जेभी बुटवलले नै सिटी हल निर्माणको जिम्मा पाएको हो ।

    ठेकेदार सहदेव खड्काले ६५ जना कामदार राखेर रोकिएको सिटी हलको काम पुनः सुरु गरिएको बताए । ‘कोभिडमा बरु काम गरिएको थियो, तर बर्खाले भरतपुर क्षेत्र डुब्दो रहेछ, काम गर्न मुस्किल भएर जेठबाट काम रोक्यौ’ ठेकदार खड्काले भने, ‘अब धमाधम काम अघि बढ्छ ।’ उनले सिटी हलको २० प्रतिशत काम सकिएको बताए ।

    भरतपुर महानगरपालिकाको वडा नम्बर १० मा बाइपास सडकसँग जोडिएको जिल्ला समवन्य समिति पछाडि रहेको चार विगाहा चार कठ्ठा जग्गामा सिटीहल निर्माणको काम भैरहेको छ । ७७ करोड ७७ लाखको लागतमा सिटी हल निर्माण थालिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.