सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मजदुर आन्दोलनले गाई भैँसी भोकै


  •    न्युजभित्तो/२४ भाद्र २०७८, बिहीबार ०९:५८ 
  • चितवन, २४ भदौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा कार्यरत दैनिक ज्यालादारी मजदुरले आन्दोलन गरेपछि त्यहाँ पालिएका गाई भैँसी भोकै भएका छन् । गोठमा काम गर्ने करार र स्थायी मजदुरलाई पनि आन्दोलनरत मजदुरले नियमित काम गर्न नदिएको विश्वविद्यालयले जनाएको छ ।

    विश्वविद्यालयमा ११५ जना दैनिक ज्यालादारीमा काम गर्ने मजदुर रहेका छन् । उनीहरुको माग करार नियुक्ति पाउनुपर्ने छ । आन्दोलनरत मजदुरले यही भदौ २० गते विश्वविद्यालयको केन्द्रीय कार्यालय, डिन, सहायक डिन र प्रशासकको कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलन थालेका हुन् । विश्वविद्यालयको पशुविज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान संकायका डीन डा होमबहादुर बस्नेतका अनुसार चार दिनदेखि पानी खान नपाएका गाई भैँसीलाई आज बिहान मजदुरले दाना पानी दिएको बताउनुभयो ।

    आन्दोलनरत मजदुरलाई निकै अनुरोधपछि दाना पानी दिने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । चार दिनसम्म दानापानी खान नपाएपछि गाई भँैसीको अवस्था दयानीय बनेको छ । उहाँले भन्नुभयो, “मजदुरले दूध दुहेर नालीमा फाल्दै आएकामा निकै अनुरोध पछि बंगुरका बच्चालाई दिइएको छ ।” दैनिक ७० लिटर दूध हुने गरेकामा अहिले ३० लिटर हाराहारीमा उत्पादन हुने गरेको बस्नेत बताउनुहुन्छ । गोठमा एक सातामा छ भैँसी ब्याएका छन् । चौध ब्याउने अवस्थामा छन् । रामपुरको गोठमा मात्र ६५ भैँसी रहेको उहाँको भनाइ छ ।

    गोठमा हालै मात्र उन्नत जातका पाँच गाई ल्याइएको छ । गोठमा १९ गाई छन् । गाईभैँसी ब्याउने समय भएकाले आन्दोलनका कारण ती पशु प्रभावित भएका छन् । यससँगै अध्ययनका लागि २६ बंगुर, छ बाख्रा, १० कुखुरा, स्थानीय सुंगुर छ, हालै रु १ लाख ५० हजारमा खरिद गरेर ल्याइएको एउटा राँगो र २० भेडा छन् । ती पशुचौपायालाई नियमित दानापानी र चरिचरण बन्द गरेपछि पूर्ण रुपमा प्रभावित बनेको उहाँ बताउनुहुन्छ । गाईभैँसी मर्ने अवस्था देखिएपछि मजदुरलाई अनुरोध गरेर आज बिहानबाट दानापानी नरोक्न भनिएको बस्नेतको भनाइ छ । गोठमै रहनुभएका बस्नेतले भन्नुभयो, “यो अत्यावश्यक क्षेत्र भएकाले काम नरोक्न अनुरोध गरेका छौँ ।” गोठमा २६ मजदुर काम गर्दछन् ।

    ती मध्ये १४ दैनिक ज्यालादारीका हुन् । बाह« जना करारका रहेका छन् । अन्य विभागमा काम गर्ने आन्दोलनरत मजदुरले समेत त्यहाँ सहभागी भएर धर्ना दिएको उहाँले जानकारी दिनुभयो । कानूनमा श्रेणीबिहीन कर्मचारीलाई करारमा नियुक्त गर्न नमिल्ने भएकाले समस्या परेको बस्नेत बताउनुहुन्छ । आन्दोलनरत मजदुर घनश्याम न्यौपानेले आफूहरुले पशु चौपायाको दानापानी नै प्रभावित हुनेगरि आन्दोलन नगरेको जिकिर गर्नुभयो । विश्वविद्यालय प्रशासनले आफूहरुको मागको वेवास्ता गरेपछि आन्दोलन गर्न बाध्य भएको न्यौपानेले बताउनुभयो ।

    माथिल्लो तहका केही मजदुरलाई करारका लागि प्रक्रिया अघि बढाइएको भए पनि योग्यता भएर पनि अन्यले अवसर नपाएको न्यौपाने बताउनुहुन्छ । विगत केही वर्षयता सो विश्वद्यिालयमा विभिन्न नाममा आन्दोलन हुँदै आएको छ । गतवर्ष भर हुन नसकेको सिनेट बैठक हालै मात्र भएको छ । विश्वविद्यालयका पदाधिकारी जिम्मेवार नहुँदा समस्या समाधानको सट्टा बढ्दै गएको त्यहाँ कार्यरत प्रध्यापकहरु बताउँछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.