सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेशस्तरीय पशुपक्षी अस्पताल बनाउने प्रस्ताव


  •    न्युजभित्तो/१३ भाद्र २०७८, आईतवार १३:२५ 
  • चितवन,१३ भदौं । पशुपक्षी पालनमा अग्रणी जिल्लाका रुपमा चिनिएको यस जिल्लामा प्रदेशस्तरीय पशुपक्षीको अस्पताल बनाउनका लागि प्रस्ताव गरिएको छ ।

    भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका अनुसार अस्पताल निर्माणका लागि प्रस्तावना पत्र मन्त्रालयमा पठाइ सकिएको छ । वार्षिक रु दुई करोड बजेट विनियोजना गर्ने गरी अस्पताल निर्माणका लागि प्रस्ताव गरिएको कार्यालय प्रमुख डा दयाराम चापागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार सो अस्पताल पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ । जिल्लाका व्यवसायीको मागअनुसार अत्याधुनिक प्रयोगशालासहितको अस्पताल प्रस्ताव गरिएको हो ।

    अहिले चितवनको विज्ञ केन्द्रमा सामान्य किसिमको प्रयोगशाला मात्र छ । जसले गर्दा नयाँ प्रकृतिका रोग देखिएमा पत्ता लगाउन धेरै समय लाग्ने र काठमाडौँ पठाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । रोगको पहिचान र पशुपक्षीको उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्न प्रस्ताव गरिएको पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख डाक्टर दयाराम चापागाईंले जानकारी दिनुभयो ।

    गत वर्ष चितवनमा देखिएको रोगका कारण केही गाईको मृत्यु भयो भने दूध उत्पादनमा समेत गिरावट आएको थियो । सोही रोग पहिचानका लागि चितवनबाट काठमाडौँ नमूना पठाइएकामा दुई सातापछि मात्र नतिजा प्राप्त भएको थियो । सो अवधिमा धेरै क्षति भइसकेको उहाँले जानकारी दिनुभयो । अहिले सीमित जनशक्तिले काम गर्नुपर्ने बाध्यता रहेको प्रमुख चापागार्इंले बताउनुभयो । यस जिल्लामा वार्षिक एक लाख १० हजार ६३१ मेक्ट्रिकटन दूध उत्पादन हुँदै आएको छ । माछा, कुखुरालगायतमा जिल्ला आत्मनिर्भर छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.