सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काङ्ग्रेसले सङ्घीय व्यवस्था बमोजिम अन्तरिम संरचना गठन गर्ने


  •    /१७ श्रावण २०७६, शुक्रबार २३:१२ 
  • काठमाडौँ । नेपाली काङ्ग्रेसले पार्टी सङ्गठनको स्थानीय संरचनालाई रूपान्तरण गरी सङ्घीय व्यवस्था बमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गर्ने भएको छ ।

    पार्टीको आज बसेको केन्द्रीय कार्यसमिति बैठकले त्यसका लागि आवश्यक निर्देशिका केन्द्रीय समितिको बैठकमा पेश गरी पारित गर्ने निर्णय गरेको काङ्ग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    अन्तरिम संरचना गठन तथा १३औँ महाधिवेशन अघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानबिन समितिले निर्णय गरेबमोजिमको क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने कार्य आगामी मङ्सिर मसान्तभित्र सम्पन्न गरिनेछ ।

    त्यसपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने बैठकले निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ । काङ्ग्रेसको केन्द्रीय समिति बैठक गत असार २२ गतेदेखि जारी छ ।

    बैठकमा काङ्ग्रेसमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना समायोजन समितिका संयोजक एवं पार्टी उपसभापति विमलेन्द्र निधिले समितिको कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको मुख्य सचिव पौडेलले जानकारी दिनुभयो ।

    त्यस्तै उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक निधिले प्रतिष्ठानको हालसम्मको कार्य प्रगति विवरण र आगामी कार्य योजनाबारे प्रतिवेदन पनि प्रस्तुत गर्नुभएको थियो । महामन्त्री पूर्णबहादुर खड्काले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को गत वैशाख २५ देखि जेठ २५ सम्म सम्पन्न प्रथम चरणको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू बालकृष्ण खाण, रमेश रिजाल, डा मिनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, एनपी साउद, शङ्कर भण्डारी, मीन विश्वकर्मा र वीरबहादुर बलायरले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो । केन्द्रीय कार्यसमितिको बैठक साउन २२ गते दिउँसो २ बजे पुनः बस्ने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.