सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिला सशक्तीकरणतर्फ जोड दिनुपर्छः मन्त्री थापा


  •    न्युजभित्तो/११ भाद्र २०७८, शुक्रबार १६:१९ 
  • गण्डकी, ११ भदौ । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रशासनिक, राजनीतिक र सामाजिक क्षेत्रमा महिलाको भूमिका महत्वपूर्ण बन्दै गएको बताउनुभएको छ ।

    ‘जेसिज सप्ताह २०२१’ समापन समारोहमा आज उहाँले सामाजिक सेवामा समर्पित लेडी जेसिजले महिला वर्गको नेतृत्व विकाससँगै सशक्तीकरणतर्पm लक्षित हुनुपर्ने बताउनुभयो । सामाजिक सेवा एवं विकास निर्माणमा लेडिज जेसिजलगायतका विभिन्न सङ्घसंस्थासँग हातेमालो गरेर अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले महिला समाजमा देखिएका विकृति–विसङ्गतिविरुद्धमा सशक्तरुपमा आवाज उठाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    जेसिज सप्ताहअन्तर्गत प्रभावकारी भाषण कला तालिम, विद्यालयस्तरीय वक्तृत्वकला, अस्पतालका बिरामी कुरुवालाई कुर्ची तथा अन्य सामग्री वितरण, सकारात्मक सोच एवं जीवन परिवर्तन तालिम, मठमन्दिरमा आवश्यक सामग्री वितरणलगायत कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम संयोजक लक्ष्मी कुँवर (लता) ले जानकारी दिनुभयो ।

    महिलाको व्यक्तित्व एवं नेतृत्व विकासमा अग्रसर बनाउने लक्ष्यका साथ २०४६ साल असार ५ गते जेसीआई पोखरा लेडीको स्थापना गरिएको उहाँको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.