सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले मागे विश्वासको मत


  •    न्युजभित्तो/७ भाद्र २०७८, सोमबार १७:०६ 
  • बुटवल, ७ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत माग्नुभयो । आज अपरान्ह बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत दिन आग्रह गर्र्नु भएको हो ।

    उहाँले प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ ।

    ‘कर्ट्सीकै लागि भए पनि शुभकामना प्राप्त होला भन्ने ठानेको थिएँ’ उहाँले भन्नुभयो “यति पाको राजनीतिक पार्टी राम्रै संस्कार होला भन्ने थियो । सत्ता बहिर्गमनको आक्रोश भए पनि आन्दोलनको सहयात्री हुनुको नाताले कर्टसीकै रुपमा भए पनि अगाडि बढाउनुपर्थ्यो ।”

    ‘मलाई विश्वासको मत नदिनुपर्ने कारण नै छैन’ मुख्यमन्त्री केसीले भन्नुभयो । विपक्षी एमालेलाई आवेग, इर्श्या र बदलावको भाव नराख्न मुख्यमन्त्री केसीले आग्रह गर्नुभयो ।

    आफू मुख्यमन्त्री बनेपछि एमालेले शुभकामना पनि नदिएको केसीले गुनासो गर्नुभयो। संविधानले निर्दिष्ट गरे अनुसार विपक्षी दलसंग पनि संवाद, सहमति र सहकार्य गरेर अघि बढ्न सरकार प्रतिवद्ध रहेको मुख्यमन्त्री केसीले बताउनुभयो।

    लोकतन्त्र र संविधानको रक्षा तथा संघीयता कार्यान्वयन सरकारको प्राथमिकता हुने मुख्यमन्त्री केसीले बताउनुभयो । कोभिड–१९ लाई नियन्त्रण र रोकथाम नव गठित सरकारको पहिलो प्राथमिकता हुने मुख्यमन्त्री केसीले बताउनुभयो ।

    एमाले भन्छः हामीसँग सल्लाह भएन

    तर नेकपा एमालेले भने सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारबाही नगरेसम्म प्रदेशसभाको बैठकमा सहभागी नहुने बताएको छ । त्यसै अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेका कोही पनि सांसद सहभागी भएनन् ।

    एमालेले मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे आफूहरुलाई जानकारी नभएको बताएको छ । एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले भन्नुभयो “हामीले हाम्रो कुरा प्रदेशसभाको बैठकमा नै राखेका छौं, उहाँहरुले त्यसपछि सल्लाह गर्नुभएको छैन ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.