सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय क्यान्सर इन्स्टिच्यूट भरतपुरमा बनाईनेः राज्यमन्त्री श्रेष्ठ


  •    न्युजभित्तो/५ भाद्र २०७८, शनिबार १२:३९ 
  • चितवन, ५ भदौ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रिय क्यान्सर इन्स्टिच्यूट भरतपुरमा बनाईने बताउनुभएको छ । वी।पी। कोईराला मेमोरियल क्यान्सर अस्पतालमा प्रयाप्त जमिन र भौतिक संरचना भएकाले इन्स्टिच्यूट यहि अस्पताल परिसरमा बनाउनु पर्ने उहाँले बताउनुभयो ।

    अस्पतालको आज निरिक्षण पछि उहाँको सम्मानमा गरिएको स्वागत कार्यक्रममा बोल्दै उहाँले यो ठाउँलाई छाडेर भक्तपुर इन्स्टिच्यूट वन्न नसक्ने बताउनुभयो । सरकारले वी।पी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शुशिल कोईरला प्रखर क्यान्सर अस्पताल बाँकेलाई हेर्ने गरि अध्ययन, अनुसन्धान लगाएतका कार्यका लागि इन्स्टिच्यूट भक्तपुर क्यान्सर अस्पतालमा राख्ने निर्णय गरेकोमा चौतर्फि बिरोध भइरहेको समयमा नबनियुक्त राज्यमन्त्री श्रेष्ठले भरतपुरमा इन्स्टिच्यूट राख्ने वताउनुभएको हो । कार्यक्रममा उहाँले स्वास्थ्य सचिब डा। रोसन पोख्रेललाई अघिल्लो सरकारले गरेको सो निर्णय हाल रोक्न आँफुले निर्देशन दिई सकेको बताउनुभयो ।

    मन्त्री श्रेष्ठले क्यान्सर रोग सम्बन्धि अध्ययन र अनुसन्धान केन्द्रका रुपमा वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताललाई बिकास गरिने बताउनुभयो । उहाँले भन्नुभयो “राजनेताको नाममा स्थापना भएको यस अस्पतालको बिकासमा सरकारले कुनै कसर राख्दैन ।” क्यान्सर रोग पहिचान गर्ने पेटस्क्यान लगाएतका महत्वपूर्ण उपकरण भित्र्याएर अस्पताललाई सुबिधा सम्पन्न बनाउन सरकारको तर्फबाट आबश्यक सहयोग हुने उहाँको भनाई छ । सो अबसरमा उहाँले क्यान्सरका बिरामीका लागि सरकारले उपलव्ध गराउँदै आएको रु १ लाखलाई वढाएर ३ लाख पु¥याइने बताउनुभयो । क्यान्सरका बिरामीका लागि प्रकृया मिलाएर कोरोना बिरुद्धको खोप उपलव्ध गराईने श्रेष्ठको भनाई थियो । क्यान्सर रोगको उपचार सहज वनाउन प्रदेश स्तरमा अस्पताल स्थापना गरि यसलाई रिफरल सेन्टर वनाउनु पर्ने उहाँले जानकारी दिनुभयो ।

    राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई राजनिति नगर्न निर्देशन दिदै भन्नुभयो “राजनिति गर्ने भए बाहिर गरौ संस्थाभित्र होईन ।”
    कार्यक्रममा स्वास्थ्य सचिब पोख्रेलले अस्पताललाई सुबिधा सम्पन्न वनाउन आबश्यक सहयोग मन्त्रालयबाट हुने भन्दै काममा भन्दा राजनितिमा समय बिताउने चिकित्सक, स्वास्थ्यकर्मीलाई जागिर छाड्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो “संस्थाको बिकास र आम नागरिकको सेवामा लाग्नुस् राजनिति गर्ने भए जारि छोडेर जानुस् ।”

    सोही अबसरमा नेपाली काङ्ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले इन्स्टिच्यूट भरतपुरमा बनाउन र क्यान्सर उपचारमा दिदै आएको रु १ लाख सहयोगलाई वढाएर कम्तिमा ३ लाख पु¥याउन अनुरोध गर्नु भयो । अस्पतालका अध्यक्ष डा। निर्मल लामिछाने, कार्यकारी निर्देशक डा। देजकुमार गौतम र उपनिर्देशक डा। कृष्णसागर शर्माले अस्पतालका गतिबिधिका बारेमा प्रकाश पार्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.