सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश सभा सञ्चालन गर्न लुम्बिनीमा सत्ता पक्ष र विपक्षीबीच छलफल हुँदै


  •    न्युजभित्तो/२ भाद्र २०७८, बुधबार १२:२० 
  • बुटवल,२ भदौ । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले अवरोध गरेपछि स्थगित लुम्बिनी प्रदेश सभा बैठक सुरु गर्ने विषयमा छलफल गर्न सत्ता पक्ष र विपक्षी दलबीच छलफल हुँदैछ ।

    मुख्यमन्त्री कुलप्रसाद केसीले बिहान ११ बजे विपक्षीसँग छलफलका लागि बैठक बोलाएको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

     

    प्रमुख सचेतक ढकालले सांसद अजय शाही र विमला खत्रीलाई सभामुखले पदमुक्त नगरेसम्म सहमति नहुने बताए । ‘मुख्यमन्त्रीले बोलाउनुभएको छ, बैठकमा जान्छौं,’ ढकालले भने, ‘तर हाम्रो दलका दुईजना माननीयलाई कारबाही नगर्दासम्म सदन चल्न दिन्नौं, हाम्रो बटमलइन यही हो ।’

    यसअघि हिजो प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठक विपक्षी एमालेको अवरोधका कारण शुुरु भएको ६ मिनेटमै स्थगित भएको थियो । आज दिउँसो १ बजे बैठक बस्ने कार्यसूची छ ।

    प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले दुई सांसदलाई कारबाही गर्न एमालेले बुझाएको पत्रबारे अध्ययन र कानुनी परामर्श भइरहेको बताए ।

    नेकपा विभाजनपछि गत वैशाख १९ गते माओवादी केन्द्र रोजेकी विमला एमाले दाङ क्षेत्र नं। ३ (ख)बाट निर्वाचित एमाले नेता उत्तर कुमार वलीको निधनपछि सोही ठाउँबाट निर्वाचित भएकी थिइन् ।

    विमलालाई पार्टीमा ल्याउन एमालेले निकै कसरत गरेपनि सफल भएको थिएन । वलीलाई साउन १५ देखि २० गतेसम्म मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाएर राखेको आरोपसमेत लागेको थियो ।

    शाहीले आफूलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको हृवीप नलाग्ने दाबी गर्दै आएका छन् ।

    नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले सत्ताबाट विपक्षमा जाने वित्तिकै एमालेले अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको बताए ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.