चितवन, २२ साउन । सस्यवेदा साईन्स एण्ड एग्रीकल्चरको सृजनशील ड्रागन पकेट क्षेत्र भरतपुर ७ ले आफ्नो उत्पादनको पहिलो फल चलाएर कृषिका प्रमुखहरुलाई विदाई गरेको छ । गत वर्ष शुरु गरिएको ड्रागन खेतीको पहिलो फल पाकेसँगै उनीहरुलाई खुवाईएको हो ।
फार्ममा आयोजित कार्यक्रममा ड्रागन पकेट क्षेत्र कार्यक्रमका अध्यक्ष शम्भु सुवेदीले कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकाल र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना प्रमुख मेघनाथ तिमिल्सिनालाई ड्रागनको पहिलो फल खुवाउनु भएको थियो ।
फार्म हाउसले जिल्लाबाट सरुवा भई बागमती प्रदेशको कृषि मन्त्रालयमा सरुवा भएका ढकाल र संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय सरुवा हुनु भएका तिमिल्सिनालाई सम्मान सहित विदा समेत गरेको छ ।
भरतपुर महानगरपालिका वडा नं. ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले प्रमुख अतिथि रहेको कार्यक्रममा वक्ताहरुले कृषिलाई व्यवसायिक रुपमा अगाडि बढाएकोमा धन्यवाद व्यक्त गरे । उहाँहरुले नेपालमा प्राविधिकहरुले समेत ज्ञान हासिल गर्न नसकेको ड्रागन खेतीमा मिलेको सफलताले आगामी दिनमा यस खेतीलाई विस्तार गर्न सहज हुने बताउनुभयो ।
सो अवसरमा वडा अध्यक्ष काफ्लेले आफुले महानगरको कृषि र सहकारीको नेतृत्व गरेको र कृषिको विकासले नै महानगरको विकास हुने ठहर गरी कृषिको विकास, आधुनिकरण र ब्यवसायीकरणमा ध्यान दिएको बताउनुभयो । महानगरमा बाँझो जमिन रहन नदिने गरी आफुहरुले बिशेष कार्यक्रमनै गरी कृषि क्षेत्रको विकासमा जुटेको बताउँदै व्यवसायिक रुपमा कृषि गर्नेहरुका लागि जस्तोसुकै सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभयो ।
कृषि ज्ञान केन्द्रबाट सरुवा हुनु भएका ढकालले ड्रागन नेपालका लागि नयाँ खेती भएकाले कस्तो फल्छ र स्वाद दिन्छ भन्ने कुरा अन्योल रहेको बताउनुभयो । उहाँले भन्नुभयो “विदेशबाट आयात गरिएकोमा कुनै स्वाद थिएन, यहाँको उत्पादन चाखेपछि बल्ल ड्रागनको वास्तविक स्वाद थाहा भयो ।” उहाँले नेपालको उत्पादन अत्यन्त रसिलो र स्वादिलो भएकाले बजारको कुनै अभाव नहुने बताउनुभयो ।
ड्रागन खेतीका लागि आफूहरुले सहयोग गर्दा सफल भईन्छ कि भईदैन भन्ने द्विविदा रहेको भन्दै उहाँले फल चाखेपछि सफलता मिलेको बताउनुभयो । उहाँले भन्नुभयो “अब ढुक्क भएर यो खेतीमा लगानी गर्दा हुन्छ ।
प्रधानममन्त्री कृषि आधुनिकरण परियोजना ईकाई कार्यालयबाट सरुवा हुनु भएका तिमिल्सिनाले पानी नजम्ने तर सिंचाई भएको र मलिलो जमिनमा ड्रागन खेती राम्रो भएको बताउनुभयो । उहाँले ड्रागन खेतीका लागि जमिन छनोटमा ध्यान दिनुपर्ने बताउँदै आफू संघीय मन्त्रालयमा रहेर पनि ड्रागन खेतीका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रमामा पकेट क्षेत्र कार्यक्रमका उपाध्यक्ष राजु पौडेल, सचिव आनन्द न्यूरे लगायतले बोल्नु भएको थियो ।
भरतपुर महानगरपालिका वडा नं. ७ प्रेमवस्तिमा गत वर्ष ५ हजार बिरुवा रोपिएकोथियो । ती मध्ये पहिलो पटक पाँच वटा फल पकेका छन् । तिनै पाँच वटा फल कार्यक्रममा अतिथिहरुलाई चखाईएको थियो । अन्य बोटहरुमा फल लाग्ने र फुल खेल्न शुरु भएको छ । आगामी एक महिनाभित्रमा राम्रो उत्पादन शुरु हुने सुवेदीले बताउनुभयो ।
सृजनशील ड्रागन पकेट कार्यक्रमले रु. ४५ लाख लगानी गरेर ड्रागन खेती शुरु गरेको हो । उक्त रकम मध्ये कृषि ज्ञान केन्द्र चितवनले केही रकम अनुदान दिएको छ ।
चितवन एकेडेमी फर टेक्नििकल एजुकेशनको नर्सिङ कलेजको जमिनमा १ हेक्टर क्षेत्रफलमा करिब ५ हजार ड्रागनका बिरुवा रोपिएको छ । त्यहाँबाट विरुवाा समेत उत्पादन भईरहेका छन् । थप १० हेक्टर क्षेत्रफलमा यसको खेती गर्ने गरी अहिले धमाधम ड्रागनका बिरुवा हुकाउर्ने र रोप्ने काम सुरु गरेको सुवेदिले बताउनुभयो । यहाँबाट बिरुवा समेत बिक्री हुने गरेको छ । मलेसियन, थाईल्याण्ड र भारतबाट विरुवा ल्याएर ड्रागन खेती शुरु गरिएको हो ।