सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अनुमतिविनै विद्यालय सञ्चालन


  •    न्युजभित्तो/१८ श्रावण २०७८, सोमबार १२:५४ 
  • दमौली, १८ साउन । कोभिड–१९ जोखिमका बीचमा तनहुँका केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न निर्देशन दिए पनि उक्त निर्देशनको अटेरी गर्दै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आएका हुन् ।

    तनहुँ जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमण थप वृद्धि भइरहेको छ । यस्तो जोखिमकै बीचमा विद्यालय सञ्चालनमा आएपछि बालबालिका झनै जोखिममा परेका छन् । निजी विद्यालयले विद्यालय पोशाक विना विद्यार्थी विद्यालयमा बोलाएका छन् भने सामुदायिक विद्यालयले विद्यालय पोशाकमै विद्यार्थी बोलाएर पठनपाठन शुरु गरेका हुन् ।

    यद्यपि कतिपय विद्यालयका प्रधानाध्यापकले भने विद्यार्थीलाई विद्यालयमै बोलाइएपछि पठनपाठन शुरु नगरिएको दाबी गरेका छन् । व्यास नगरपालिका–१ भादगाउँस्थित न्यू मनकामना बोर्डिङ स्कूलका प्रिन्सिपल दिपेन्द्र चौहानले गृहकार्य दिनका लागि विद्यार्थी बोलाएर विद्यालय सञ्चालन गरिएको जानकारी दिनुभयो । “विद्यालय खोलेको तीन चार दिन भयो, पठनपाठनभन्दा पनि विद्यार्थीलाई गृहकार्य दिने काम भएको छ”, उहाँले भन्नुभयो, “पूर्णरुपमा विद्यालय नै खुलेको होइन ।”

    लामो समयदेखि विद्यालय बन्द भएर विद्यार्थी घर बस्दा पढ्ने बानी हराउँदै जान थालेपछि अभिभावकको गुनासो आएकाले विद्यार्थीलाई विद्यालयमै बोलाइएको चौहानले बताउनुभयो । “अभिभावकले पनि विद्यालय खोलिदिएअहुन्थ्यो भनेर गुनासो गर्न थाल्नुभयो, दुई÷तीन घण्टा विद्यार्थीलाई विद्यालयमा राखेर घर पठाउँछौँ”, उहाँले भन्नुभयो ।

    व्यास नगरपालिका–५ साँगेस्थित व्यास मनकामना बोर्डिङका प्रिन्सिपल रामकृष्ण विकले औपचारिकरुपमा कक्षा सञ्चालन नभए पनि विद्यार्थीलाई बोलाएर एक÷दुई घण्टा पठनपाठन गराइएको बताउनुभयो ।

    कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई विद्यालयमै दुई घण्टा कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो । एन प्याब्सन तनहुँका अध्यक्षसमेत रहनुभएका उहाँले कतिपय विद्यालयले बससमेत सञ्चालन गरेको आफूले जानकारी पाएको बताउनुभयो ।

    व्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयले आइतबारदेखि विद्यालयमै पठनपाठन शुरु गरेको छ । विद्यालयका शिक्षक कृष्णचन्द्र पाण्डेले आजदेखि विद्यार्थी बोलाइएको बताउनुभयो । “अहिलेसम्म त हामीले पनि अनलाइनबाटै कक्षा चलाइरहेका थियौँ, तर केही दिनयता बोर्डिङ खुल्न थाले, बस पनि चल्न थालेपछि विद्यालयले कक्षा सञ्चालन गर्ने निर्णय ग¥यो”, उहाँले भन्नुभयो ।

    उहाँका अनुसार जोर बार जोर कक्षा र विजोर बार विजोर कक्षा सञ्चालनको तयारी गरिएको छ । “पहिलो दिन स्वअध्ययन सामग्री पनि बाँडेका छौँ, अहिलेसम्म त अनलाइनबाटै पठनपाठन भइरहेको थियो”, उहाँले भन्नुभयो ।

    दमौलस्थित वाराही बोर्डिङका प्रिन्सिपल विष्णु खड्काले परीक्षा सञ्चालनका लागि विद्यालय खोलिएको र बस सञ्चालन गरिए पनि पठनपाठन भने नभएको बताउनुभयो । “परीक्षा सञ्चालनका लागि दुई घण्टा विद्यालय खोलेका छौँ”, उहाँले भन्नुभयो ।

    व्यास नगरपालिका–१ का अभिभावक विष्णु थापाले विद्यालयले विद्यालय खोलेर बच्चा पठाउन भनेपछि आफूले छोराछोरीलाई विद्यालय पठाउन थालेको एक हप्ता भएको बताउनुभयो । “कोभिडको जोखिम झनै बढेको छ तर विद्यालयले बच्चा पठाउनु भनेपछि पठाउनै प¥यो”, उहाँले भन्नुभयो ।

    व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मीले विद्यालय खोल्ने अनुमति नभए पनि कतिपय विद्यालयले आफूखुशी विद्यालय सञ्चालन गरेको जानकारी पाएको बताउनुभयो । “विद्यालय खोल्यौँ भनेर कतिपय विद्यालय सञ्चालकले जानकारी गराउनुभएको छ, तर हामीले खोल्ने अनुमति दिएका छैनौँ”, उहाँले भन्नुभयो, “कोभिड जोखिम कायमै रहेकाले अहिले विद्यालय नखोल्नुस् भनेका छौँ ।” उहाँले केही भए त्यसको जवाफदेही स्वयं विद्यालय हुनुपर्ने बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी सागर आचार्यले भने साउन २० गतेसम्म निषेधाज्ञा कायमै रहेको र पठनपाठनका लागि विद्यालय खोल्ने अनुमति नभएको बताउनुभयो । “केही दिन अगाडि एक÷दुई वटा विद्यालय खुलेको जानकारी आएको थियो, लगत्तै विद्यालय बन्द गर्न निर्देशन दियौँ”, उहाँले भन्नुभयो । तर परीक्षा सञ्चालनका लागि भने आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न दिइएको प्रजिअ आचार्यले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपालगञ्ज–दिल्ली उडानका लागि प्रयास गर्न आग्रह
    राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा चितवनका नेताहरूको वर्चस्व: शीर्ष पदमा तीन सांसद निर्वाचित
    प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग
    • रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    • रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    • विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.