सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाघ दिवसमा पत्रकार ईश्वर जोशी र रमेश पौडेल सम्मानित


  •    न्युजभित्तो/१४ श्रावण २०७८, बिहीबार १८:०९ 
  • चितवन, १४ साउन । बाघ दिवसको अवसरमा यहाँ दुई जना पत्रकार सम्मानित हुनु भएको छ । चितवन राष्ट्रिय निकुञ्जले बिबिसी नेपाली सेवाका चितवन संवाददाता ईश्वर जोशी र कान्तिपुर दैनिकका पत्रकार रमेश कुमार पौडेललाई सम्मानित गरेको हो ।

    निकुञ्जको कार्यालय कसरामा आज आयोजित कार्यक्रमका प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पत्रकारद्धय जोशी र पौडेललाई नगद रु। १० हजार सहित खादा र सम्मानपत्रले सम्मान गर्नुभयो । पत्रकार जोशी र पौडेल चितवनमा लामो समयदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ ।

    सो अवशरमा संरक्षणमा विभिन्न क्षेत्रबाट योगदान पु¥याएका व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । निकुञ्जले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारका आश्रित २० जना बालबालिकाहरुलाई आजै छात्रवृति सहित नगद रकम उपलव्ध गराएको छ । निकुञ्ज आसपासका क्षेत्रका २० जना विद्यार्थीहरुलाई नगद रु। ८ हजार र स्टेशनरी छात्रवृतिको रुपमा उपलव्ध गराइएको हो ।

    कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुगांना, चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहाका प्रमुख बाबुराम लामिछाने, निकुन्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारी लगायतले बाघको महत्व, संरक्षणमा गरिएका प्रयास र भावी योजनाबारे बोल्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    • बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.