सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ब​कुल​ह​र​ र​त्न​न​ग​र अस्प​ताल​मा अब स्वास्थ्य कार्यक्रम सञ्चालन हुने


  •    न्युजभित्तो/९ श्रावण २०७८, शनिबार ०६:४५ 
  • रत्ननगर, ९ साउन । ब​कुल​ह​र​ र​त्न​न​ग​र अस्प​ताल​ र​ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच चिकित्सा विधाका बिबिध संकायमा अध्य​य​न​ अध्याप​न ग​राउने स​म्ब​न्ध​मा सहमति भएको छ । सहमतिसँगथै अस्पतालमा शैक्षिक गतिविधि सञ्चालन गर्न बाटो खुलेको छ ।

    यस सम्बन्धी सम्झौता पत्रमा दुवै पक्षबीच शुक्रबार हस्ताक्षर भएको छ । सम्झौता पत्रमा प्रष्ठिानका तर्फबाट उपकुलपति डा. विश्वराज जोशी र रेक्टर डा सतिश देव तथा अस्पतालका तर्फबाट अध्यक्ष गोपाल कर्माचार्य र प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले शुक्रबार हस्ताक्षर गर्नुभयो ।

    सम्झौताअनुसार प्रदेश सरकार मातहतमा रहेको ५० बेड क्षमताको अस्पतालले स्नातक तथा स्नातकोत्तर तहका स्वास्थ्य शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउने भएको छ । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममै प्रदेश मातहतका अस्पतालमा प्रतिष्ठानमार्फत स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै लैजाने उल्लेख छ ।

    मेसु डा. बगालेका अनुसार अर्को वर्षबाटै एमडीजीपीका कार्यक्रम सञ्चालन गर्न सकिनेछ भने दुई वर्षमा बीएन, बीएस्सी नर्सिङ, बीएमएलटी कार्यक्रम सञ्चालन गर्न सकिने छ । डा. बगालेले भन्नुभयो “हामी २/३ महिनामै १०० बेड क्षमतामा जान्छौं, सबै तयारी पूरा भएको छ” उहाँका अनुसार अस्पतालमा केही महिनामै आईसीयू, पीआईसीयू र एनआईसीयू सञ्चालनमा आउँदैछ । १० बेडको आईसीयू, ५ बेडको एनआईसीयू, १० बेडको पोष्टअप, २ वटा मोडुलर अप्रेशन कक्ष, केही क्याबिन र प्रसूति कक्ष थप्ने काम भईरहेको उहाँले जानकारी दिनुभयो ।

    शैक्षिक कार्यक्रम सञ्चालन गरेसँगै यहाँको स्वास्थ्य सेवाको गुणस्तरमा समेत थप बृद्धि हुने अपेक्षा गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’
    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
    • ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी
    • वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    • विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.