सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व्यासमा एक हजार २४५ योजना सम्पन्न


  •    न्युजभित्तो/८ श्रावण २०७८, शुक्रबार ०९:३१ 
  • दमौली, ८ साउन । तनहुँको व्यास नगरपालिकाले एक वर्षको अवधिमा एक हजार २४५ योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा उपभोक्ता समिति र बोलपत्रमार्फत उक्त योजना सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

    उपभोक्ता समितिमार्फत एक हजार २०३ योजना सम्पन्न भएका छन् । बोलपत्र प्रक्रियामार्फत ७३ योजना सञ्चालन गरिएकामा ४२ योजना सम्पन्न भएका छन् । बाँकी योजना कोभिड तथा विपद्का कारण सम्पन्न हुन नसकेको नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “कोभिड सङ्क्रमणका कारण केही समय काम पनि रोकियो, विपद्ले पनि काममा असर प¥यो”, उहाँले भन्नुभयो, “३१ योजना अधुरा छन् ।”

    बिहीबार सम्पन्न नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रभित्र बाढीले पु¥याएको क्षति पुनःस्थापन गर्न आफँैले जाली बुन्ने कार्यमा पूर्वाधार तथा योजना शाखालाई जिम्मा दिने निर्णय गरेको छ । नगरपालिकाले नगरप्रमुखको अध्यक्षतामा नगरस्तरीय र वडाध्यक्षको वडाध्यक्षमा वडा विपद् व्यवस्थापन समिति संशोधित ऐनअनुसार पुनःगठन गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिनुभयो ।

    यसैगरी नगरपालिकाका साविक स्थानीय निकायका कर्मचारीको समायोजन तथा स्तरवृद्धि गरिएकामा बैठकबाट अनुमोदन गर्ने निर्णय भएको छ । नगरपालिकाले व्यास–१० दुम्सी आधारभूत स्वास्थ्य केन्द्रमा २५ शय्याको नगर कोभिड अस्पताल व्यवस्थापन गर्न वडाध्यक्ष तुलसीराम सापकोटाको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको छ । साथै सोही अस्पतालमा पिसिआर प्रयोगशालासमेतलाई आवश्यक जनशक्ति करार सेवामा लिन प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा छनोट समिति गठन गरिएको छ ।

    व्यास–७ शेषमटारमा व्यास नगर समता विद्यालय सञ्चालन गर्न सम्बन्धित वडाध्यक्ष शतिषचन्द्र न्यौपानेको अध्यक्षतामा पाँच सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ भने कर्मचारी समायोजन एवं स्तरवृद्धिपछि नगरपालिका सङ्गठन संरचनामा संशोधन गर्नुपर्ने भई विशेष नगरसभा बस्नुपर्ने भएकाले संशोधन प्रस्ताव १५ दिनभित्र पेश गर्न उपप्रमुख मीरा जोशीको संयोजकत्वमा प्रस्ताव समिति गठन गरिएको छ ।

    जनप्रतिनिधिको अध्ययन भ्रमणको बजेट कटौती गरी राहत

    शुक्लागण्डकी नगरपालिका–८ ले कोरोनाबाट मृत्यु हुनेका परिवारलाई रु २० हजारका दरले राहत वितरण गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाबाट मृत्यु भएका वडाभित्रका परिवारलाई रु २० हजारका दरले राहत वितरण गरिएको हो ।

    जनप्रतिनिधिको अध्ययन अवलोकन भ्रमण शीर्षकमा छुट्याइएको रकमबाट कोरोनाले मृत्यु भएका परिवारका सदस्यलाई राहत वितरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । यो वडामा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको थियो । मृतक परिवारको सदस्यको शिक्षादीक्षामा खर्च गर्ने गरी उक्त रकम प्रदान गरिएको रेग्मीले बताउनुभयो । सबैलाई बैंक खातामार्फत रकम पठाइएको छ । “कोरोना कहरले जनतालाई आक्रान्त बनाइरहेका बेला अध्ययन भ्रमणमा जानु उचित ठानेनौँ । थोरै भए पनि राहत हुने भएकाले कोरोनाले सदस्य गुमाएका परिवारको राहतमा खर्चियौँ”, उहाँले भन्नुभयो ।

    अनुगमन अध्ययन भ्रमण शीर्षकमा वडाले रु एक लाख ५० हजार विनियोजन गरेको थियो । पशुधन सुरक्षण शीर्षकबाट बचत भएको रु ५० हजार गरी रु दुई लाख वितरण गरिएको हो । कोरोना नियन्त्रणमा यहाँका जनप्रतिनिधिले जनताको मन जितेका थिए । यहाँका जनप्रतिनिधि कोरोना सङ्क्रमितको आत्मबल बढाउन घर–घरमा पुग्ने गरेका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.