सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरको न्यायीक समितिले गरेका निर्णय सदर


  •    न्युजभित्तो/५ श्रावण २०७८, मंगलवार १०:२८ 
  • चितवन, ५ साउन । भरतपुर महानगरपालिकामा रहेको न्यायीक समितिले गरेका सबै निर्णयहरुलाई चितवन जिल्ला अदालतले सदर गरेको छ । गत आर्थिक वर्षमा अदालत गएका सबै निवेदन सदर भएको हो । न्यायीक समितिबाट ६ वटा निवेदन अदालत गएका थिए ।

     

    महानगरपालिका न्यायीक समिति प्रमुख पार्वती शाह ठकुरीका अनुसार न्यायीक समितिले फैसला गरेका १६ वटा मुद्धा मध्ये ६ वटा चित्त नवुझेर अदालत गएका थिए । उहाँले भन्नुभयो “अदालत गएका मुद्धाहरुमा पनि हाम्रो निर्णय सदर भएको छ ।”महानगरको इजलासमा गत आर्थिक वर्षमा ३६ वटा मुद्धा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका ८ वटा मुद्धा रहेका थिए ।

     

    गत आर्थिक वर्षका लागि ४४ मुद्धा मध्ये यस आर्थिक वर्षलाई जिम्मेवारी सरेका २८ वटा रहेका छन् । जिम्मेवारी सरी आएका मुद्धा मध्ये ४ वटा मुद्धा यहि सातामा फैसला हुने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । न्यायका क्षेत्रमा महानगरको न्यायीक इजलास सक्षम रहेको भन्दै उहाँले कोरोना कहरका कारण भएको निषेधाज्ञाले यस वर्षमा अपेक्षाकृत मुद्धा फैसला गर्न नसकीएको बताउनुभयो । उहाँले भन्नुभयो “जनतालाई न्याय दिलाउने बिषयमा कुनै दुबिधा बिना काम गरेका छौ । जसका कारण अदालतले समेत न्यायीक समितिको निर्णयलाई हुवहु सदर गरेको छ ।”

     

    महानगरको आन्तरिक मुल्याङ्कनमा पनि न्यायीक समिति सबै समितिहरु भन्दा अग्र स्थानमा रहेको उहाँको भनाई ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.